राज्यलाई भार

‘बीआरआई ’अनुदानमा मात्र लिन सकिने, ऋणमा लिएर राज्यलाई भार थोपर्न नसकिने

Untitled design

काठमाडौ, मंसिर १२
चीन सरकारको महत्वकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अनुदानमा मात्र लिन सकिने भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दबाब बढाएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवा सहित उपसभापति पूणर्बहादुर खड्का‚ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित परराष्ट्रमन्त्री आरजू राणा देउवा र गृहमन्त्री रमेश लेखकको विगत केही दिन देखिको निरन्तर बैठकले सरकारलाई सुझाव पठाएको छ ।

 

बैठकमा सहभागी हुँदै आएका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कांग्रेसले कुनै पनि अवस्थामा बीआरआई ऋणमा लिन नसक्ने अडान राखेको छ । चीनसँगका विगतकै योजना कार्यान्वयनमा नगएका उदाहरण धेरै भएको भन्दै कांग्रेसले तत्काल बीआरआई ऋणमा लिएर राज्यलाई भार थोपर्न नसक्ने निष्कर्ष निकालेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन