काठमाडौ, मंसिर १२
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
यसअघि आइतबार सर्वोच्चले प्रसाईंलाई अदालतमा उपस्थित गराउन विपक्षीका नाममा आदेश दिएको थियो । सो आदेश अनुसार प्रसाईंलाई हिजो सर्वोच्चमा उपस्थित गराइएको थियो ।
प्रसाईंका छोरा निराजनले बाबु दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखिएको भन्दै यही मंसिर ४ गते बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।
निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने अफवाह फैलाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।