मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेल्दै

एनपीएलको खेल खेल्ने विराटनगर किङ्सका विदेशी खेलाडी अझै फर्केनन्

बिराटनगर, मंसिर १३
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल खेल्ने विराटनगर किङ्सका विदेशी खेलाडी अझै नेपाल आइसकेका छैनन्। ५ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको विराटनरका एक जना मात्रै विदेशी खेलाडी आइपुगेका छन्।

 

बाँकी खेलाडी पनि आज र भोलिमा आइसक्ने टिम म्यानेजर विजयकुमार घितालले जानकारी दिनुभयो । बुधबार बेलुका क्यानडाका निकोलस किर्टोन नेपाल आएका छन्। बाँकी तीन खेलाडी आज बेलुका आउने धितालले बताउनु भयो।

 

उहाँका अनुसार ओमानका अकिब इल्यास, स्कटल्यान्डका क्रिस सोल र आफगानिस्थानका इस्मत आलम बिहीबार रातिसम्ममा नेपाल आइसक्ने छन्। न्युजिल्यान्डका मार्टिन गुप्टिल भने शुक्रबार मात्रै नेपाल आइपुग्ने छन्।

 

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले बिहीबार मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेल्दैछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।