फोहोरमैला व्यवस्थापनमा कडाई

‘नकुहिने फोहोर जम्मा गर्ने भाँडो पाइयो, अव हामीलाई सजिलो भो’

दमक, मंसिर १३
दमकको बजार क्षेत्र सफा र सुन्दर बनाउने अभियान चलिरहेको छ । यहि क्रममा दमक नगरपालिकाको वातावरण समितिले नकुहिने फोहोर संकलन गर्ने सामग्री वितरण गर्न थालेको छ ।

यसक्रममा दमक ६ स्थित महावीर टोलमा रहेका ६० घर तथा पसहरुलाई कडाईका साथ नकुहिने फोहोर अलग्गै राख्न बाल्टि वितरण गरिएको छ । नकुहिने फोहोर अलग्गै राख्न तथा वातावरण संरक्षण गर्ने अभियानमा जोडिन आवश्यक सामग्री प्रदान गरिएको दमक ६ का वडाध्यक्ष तथा वातावरण समिति अध्यक्ष टेक बहादुर थापाले जानकारी दिनु भयो ।

बुधबार टोलका केही प्रतिनिधिलाई भेला पारी प्रतिनिधिमुलक ढंगले ती सामाग्री वितरण गरिएको थियो । कुहिने फोहोर हाल्ने भाडो पाएपछि स्थानीयबासीले अव घरबाहिर नकुहिने कुनैपनि फोहोर नफाल्ने र यसलाई कडाईका साथ लागु गर्ने तथा गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नगरपालिका कार्यालयले ट्याक्टरमार्फत संकलन हुने कुहिने र नकुहिने फोहोरलाई अगल अलग रुपमा राख्न नगरवासीलाई अनुरोध गर्दै आएको छ । कुहिने फोहोरलाई चाँहि प्राङ्गारिक मल बनाएर करेशाखेतीमा प्रयोग गरिने छ । संकलित फोहोरलाई दमकमा रहेको नेक्सट इरा इनर्जी प्रालिले संकलन र प्रशोधनको जिम्मा लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा