शताक्षी गंगाको पानी ल्याएर ८७ धारामा जडान

सताक्षीधाममा ८७ वटा धारा, मुख्यमन्त्री कार्कीले गर्नुभयो उद्धघाटन

Untitled design (7)

झिलभिले, मंसिर १३

झापाको शताक्षीधाममा ८७ धारा थपिएको छ । शताक्षीधाम आउने तीर्थालु भक्तजनका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको शताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास संस्थाले जनाएको छ। ८७ धाराको बिहीवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नु भएको छ । उहाँले ८७ धाराबाट बग्ने जल अभिषेक गर्दै धाराको उद्घाटन गर्नु भएको हो ।

८७ भन्नाले ८६ र ८८ को बीचमा हुने अङ्कलाई बुझाउँछ। सताक्षी धाममा निर्माण भएको ८७ धाराले संख्या बुझाएको स्थानीयवासीले बताएका छन् । दिगम्बेश्वर महादेव र शाकम्बरी सताक्षी मन्दिर नजिकैको शताक्षी गंगाको पानी ल्याएर ८७ धारामा जडान गरिएको छ।

 

चारैतिर चुरे पहाडले घेरेको नदीको तटीय क्षेत्रमा यो धारा निर्माण भएपछि शताक्षीधाम आएका धार्मिक पर्यटक फोटो भिडियो बनाउन थालेका छन् ।
गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले उक्त भवन निर्माण सहयोगार्थ १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो । मुख्यमन्त्री कार्कीले कागजी प्रक्रिया पूरा भएपछि भवनको निर्माण सुरु हुने बताउनुभभएको छ । उहाँले भन्नुभयो ‘समय ठ्याक्क भन्न सकिँदैन । तर यो अतिथि गृह अवश्य निर्माण हुन्छ।’

कार्यक्रममा ८७ धाराका दातालाई सम्मान गरिएको थियो। समितिका सचिव कालीप्रसाद रिजालले ८७ धारा निर्माणको लागि दाताबाट सङ्कलन भएको रकमको विवरण यकिन नभएको बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।