शताक्षी गंगाको पानी ल्याएर ८७ धारामा जडान

सताक्षीधाममा ८७ वटा धारा, मुख्यमन्त्री कार्कीले गर्नुभयो उद्धघाटन

झिलभिले, मंसिर १३

झापाको शताक्षीधाममा ८७ धारा थपिएको छ । शताक्षीधाम आउने तीर्थालु भक्तजनका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको शताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास संस्थाले जनाएको छ। ८७ धाराको बिहीवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नु भएको छ । उहाँले ८७ धाराबाट बग्ने जल अभिषेक गर्दै धाराको उद्घाटन गर्नु भएको हो ।

८७ भन्नाले ८६ र ८८ को बीचमा हुने अङ्कलाई बुझाउँछ। सताक्षी धाममा निर्माण भएको ८७ धाराले संख्या बुझाएको स्थानीयवासीले बताएका छन् । दिगम्बेश्वर महादेव र शाकम्बरी सताक्षी मन्दिर नजिकैको शताक्षी गंगाको पानी ल्याएर ८७ धारामा जडान गरिएको छ।

 

चारैतिर चुरे पहाडले घेरेको नदीको तटीय क्षेत्रमा यो धारा निर्माण भएपछि शताक्षीधाम आएका धार्मिक पर्यटक फोटो भिडियो बनाउन थालेका छन् ।
गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले उक्त भवन निर्माण सहयोगार्थ १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो । मुख्यमन्त्री कार्कीले कागजी प्रक्रिया पूरा भएपछि भवनको निर्माण सुरु हुने बताउनुभभएको छ । उहाँले भन्नुभयो ‘समय ठ्याक्क भन्न सकिँदैन । तर यो अतिथि गृह अवश्य निर्माण हुन्छ।’

कार्यक्रममा ८७ धाराका दातालाई सम्मान गरिएको थियो। समितिका सचिव कालीप्रसाद रिजालले ८७ धारा निर्माणको लागि दाताबाट सङ्कलन भएको रकमको विवरण यकिन नभएको बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा