रासायनिक मल किन्न २७ अर्ब ९५ करोड बजेट

सरकारसँग मल छ तर किसानसँग छैन , कसरी यस्तो हुन्छ ?

दमक, मंसिर १४
हिउदे बाली लगाउने बेला भएको छ । तर किसानको बारीमा अझै सम्मपनि रासाइनिक मल पुग्न सकेको छैन । रासायनिक मल किन्न भनेर सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब ९५ करोड बजेट छुट्याएको छ ।

 

कृषि बाली उत्पादनमा मुख्य भूमिका खेल्ने रासायनिक मल किन्न विनियोजित रकम कृषि बजेटको झन्डै ५० प्रतिशत हो । गत वर्ष पनि मल किन्न ३० अर्ब रुपैयाँ छुट्याइएको थियो । यतिका रकम विनियोजन गरिरहे पनि बर्सेनि मल अभाव भइरहन्छ । किन यस्तो हुन्छ ? किसानले किन समयमै मल पाउँदैनन ।

 

कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीको गोदाम रित्तै भएको पनि होइन । यी दुवै कम्पनीको गोदाममा पर्याप्त मल छ । साल्ट ट्रेडिङसँग डीएपी करिब १७ हजार टन, युरिया करिब ६० हजार टन छ । साल्टसँग डीएपी १० हजार ७ सय ६५ टन, युरिया ११ हजार ९ सय ८० टन र पोटास ५ हजार ६ सय टन छ । तर तराई क्षेत्रमा गहुँ बालीका लागि डीएपी अभाव छ ।

 

वर्षमा तीन बाली लगाउँदा वार्षिक करिब १२ लाख टन आवश्यक पर्ने कृषि मन्त्रालयले जनाएको छ । धान बालीका लागि ४ लाख ४८ हजार ६७ टन, मकैका लागि ३ लाख ११ हजार ६ सय ८६ टन र गहुँका लागि १ लाख ५५ हजार ७ सय ३६ टन मल चाहिन्छ ।धानबालीमा लगाउन मल पुगे पनि गहुँ बालीका लागि हाहाकार भएको किसान बताउँछन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा