दमक, मंसिर १४
अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् ।
विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका साथ पारित गरेको छ र सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ ।
ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर टिप्पणी गरेका छन् ।विधेयक बुधबार संसदको तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानून बन्ने निश्चित छ ।