स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्य

झापामा अब गर्भवतीलाई नगद सहित अन्य धेरै सुविधा, के के हुन् ती ?

दमक, मंसिर १४
गर्भवतीले नियमती स्वास्थ्य परीक्षण गराउँदा आफ्नो स्वास्थ्य स्थिती कस्तो छ भन्ने त थाह पाउँछन् नै तर त्यो भन्दा अर्को लोभ लाग्दो सुविधा झापाबाट सुरु भएको छ । त्यो हो आठपटक नियमित गर्भजाँच गराउने महिलाले प्रोत्साहनस्वरुप दुई हजार रुपैँया पनि पाउने छन ।

 

यो काम चाहि झापाको हल्दिबारी गाउँपालिकाले सुरु गरेको छ । यहाँ गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ ।

 

पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छ भने निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ । गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत चार लाख २९ हजार खर्च भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा