दमक, मंसिर १४
सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो ।
जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निणर्य गर्न बाँकी छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निणर्य गरेको हो ।