प्रधानमन्त्री ओलीको भ्रमणदल

प्रधानमन्त्रीको चीन भ्रमण, को को जाँदैछन् अरु ?

काठमाडौ, मंसिर १४
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा काठमाडौँबाट ३९ जनाको जम्बो सरकारी टोली बेइजिङ जाने भएको छ।

प्रधानमन्त्री ओलीले नेतृत्व गर्ने भ्रमणदलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, चिफ अफ प्रोटोकल विष्णुप्रसाद गौतम र प्रधानमन्त्री ओलीका पार्श्ववर्ती लेफ्टिनेन्ट कणर्ेल दिवाकर खड्का छन्।भ्रमण दलमा ९ जना सांसदहरू पनि समावेश गरिएका छन्।

 

तिनमा अर्जुननरसिंह केसी, श्यामकुमार घिमिरे, लीलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला र रञ्जिता श्रेष्ठ छन्।अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पदमसुन्दर जोशी छन्।

 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश वज्राचार्य, परराष्ट्र मन्त्रालयको उत्तर-पूर्व महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद ढकाल, सोही महाशाखका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका निजी सचिव उदय पोखरेल, परराष्ट्रमन्त्रीका निजी सचिव कमल रावल, शिष्टाचार अधिकृत ऋचा भट्टराई, परराष्ट्र मन्त्रालयको उत्तर-पूर्व एसिया महाशाखाका अधिकृत जानकी ओझा र सुजन लामिछाने, शिष्टाचार सहायक विनोद खनाल पनि भ्रमण दलमा छन्।प्रधानमन्त्रीको भ्रमण दलमा निजी सहयोगी (भ्याले) का रूपमा जयश्री शाक्य र परराष्ट्रमन्त्री डा. राणाकी निजी सहयोगी अनिता सिंह पनि प्रधानमत्रीको भ्रमण दलमा परेका छन्।

 

प्रधानमन्त्रीका सुरक्षा अधिकृत इन्सपेक्टर माधव केसी, राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता प्रकाश सिलवाल, नेपाल टेलिभिजनका वरिष्ठ सहायक क्यामेरापर्सन, प्रद्युम्न ढुंगाना, प्रधानमन्त्रीका निजी फोटोग्राफर आशिष पौडेल भ्रमण दलमा छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा