घटनाबाट मानवीय तथा चौपाया केही क्षति नभएको

झापाका बिभिन्न स्थानमा आगलागी, १८ लाख बढिको क्षति , दमकमा मात्रै १५ लाख

fire isolated over black background

दमक, मंसिर १६
झापामा गएराती आगलागीका कारण बिभिन्न ठाउँमा क्षति भएको छ । कतै पसलमा आगो लागेर पसका सबै सामान खरानी भएका छन् भने कहि चौपायाको गोठ त कतै पराल राखेको कुन्यूमा आगलागी भएको छ ।

दमकमा मात्रै १५ लाखको क्षति 

गाए राती भएको आगलागीबाट दमक नगरपालिका वडा नम्बर १ स्थित किशोर साहको पसलमा करेन्ट सर्ट भएर १५ लाख मुल्य बराबरको धनमाल क्षती भएको छ ।
रवि स्टेन बस्ने शिव राईको पक्की ढलान भएको अढाई तले घरको भुई तलामा किराना कस्मेटिक र खाद्यान्न पसल गरी बस्ने बर्ष ४३ को साहको पसलमा सम्पुणर् किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका, फ्रिज र अन्य सर-सामानहरु समेत जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट अन्य मानविय क्षति नभएको र उक्त आगो नेपाल प्रहरी, दमक नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा राती १ बजे पुणर् रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

यसै गरी झापा झापा गाउँपालिका वडा नं. ७ रमितेटोल बस्ने लुखी हस्दाको घरमा बिधुत लाईन सर्ट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाँटि बेराले बनेको ३ कोठे घरमा रहेको सम्पुणर् मालसामानहरु र नजिकै रहेको ग्वाली गोठमा समेत पुणर् रुपमा क्षती भइको छ । आगलागीबाट हस्तको करिव दुई लाख पचास हजार बराबरको क्षति भएको प्रहरीको मुचुल्कामा उल्लेख गरीएको छ ।

उक्त आगो नेपाल प्रहरी र स्थानियबासीहरुको सहयोगम रातको साढे सात बजे पुणर् रुपमा नियन्त्रणमा लीइएको थियो ।
यस्तै गएराती १० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.११ सालबारी बस्ने बर्ष ४७ को भुमिनाथ बरालको र सोहि स्थन बस्ने अमर राउतको १ बिघा धान काटि जम्मा गरी राखेको धानको कुनिउमा अचानक आगलागी भएको छ । सो आगलागीबाट दुई लाख दश हजार बराबरको धान र कुनिउ जलि क्षति भएको प्रहरीले जनाएको छ ।

 

उक्त आगो नेपाल प्रहरी,स्थानिय मानिसहरु, बिर्तामोड नगरपालिका, मेचिनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकलको ,सहयोगमा रातको १२ बजे पुणर् रुपमा नियन्त्रणमा आएको थियो ।
यी सबै घटनाबाट मानविय तथा चौपाया केही क्षेति नभएको, साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा