दमक, मंसिर १६
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। त्यसैगरी बंगालको खाडीमा विकसित चक्रवात ‘फेनजल’ कोसमेत आंशिक प्रभाव नेपालको मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यतिबेला (आइतबार बिहान) देशभरको मौसम मुख्यतया सफा छ। तर, तराई भूभागका केही स्थानमा भने अहिले हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो कोसी र मधेससहित गण्डकी र कणर्ाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी र कणर्ाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ।
आज राति पनि कोसी, मधेस, गण्डकी र कणर्ाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
गण्डकी र कणर्ाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।









