रकम अपचलन गरेको आरोप

सहकारी ठगीका आरोपी रविलाई बयानकालागि चितवन लगियो

दमक, मंसिर १८
सहकारी ठगीको आरोप खेपिरहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।

 

काठमाडौंको कालीमाटीस्थित स्वणर्लक्ष्मी सहकारीको रकम अपचलनबारे बयानका लागि मंसिर १३ गते काठमाडौं ल्याइएका उहाँलाई यहाँको बयान सकिएपछि आज बुद्ध एयरको जहाजमार्फत चितवन लगिएको हो ।चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको थियो ।

 

सोही अनुसार उहाँलाई चितवन लगिएको प्रहरीले जनाएको छ ।यसअघि सहकारी ठगी प्रकरणमा लामिछानेसँग कास्कीको पोखरा, रुपन्देहीको बुटवल र काठमाडौंमा बयान लिइसकिएको छ ।

 

लामिछानेमाथि काठमाडौंको स्वणर्लक्ष्मी, चितवनको सहारा, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारीबाट रकम गोर्खा मिडिया नेटवर्कमार्फत रकम अपचलन गरेको आरोप छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा