६३ लाख ३१ हजारमा ६ कोठे प्रशासनिक भवन

स्थानीय तह स्थापनाको ८ वर्र्षपछि दमक ५ को प्रशासनिक भवन शिलान्यास

दमक, मंसिर १७
स्थानीय तह स्थापना भएको ८ वर्ष भयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पालिकाका र पालिका अन्तर्गतका सबै कार्यालयको आफ्नै प्रशासनिक भवन हुनुपर्ने भन्ने व्यवस्था गरेको छ । तर दमक नगरपालिका वडा नं ५ ले भने सो ऐनको ८ वर्षपछि मात्रै कार्यान्वयन थालेको छ ।
सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई , वडाध्यक्ष इन्द्र गुरुङ लगायतले नयाँ प्रशासनिक भवनको शिलान्यास गर्नु भएको हो ।

दमक ५ र ४ को सिमानास्थित खरखरे खोलाको किनारमा रहेको उज्यालो टोल विकास सस्था भित्र पर्ने २ कठ्ठा ऐलानी जमिन र ४ धुर निजी जमिन दान पाएपछि यहाँ भवनको शिलान्यास गरीएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

वडाको पश्चिम कुनामा प्रशासनिक भवन बन्ने भएपनि अन्यत्र जग्गा नपाएका कारण यस ठाउँमा कार्यालय निर्माण गर्न लागिएको उहाँले स्पस्ट पार्नुभयो ।

शिलान्यास गर्नु अघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै यहि वडाका पूर्व वडाध्यक्ष समेत रहनु भएका सामाजिकक अगुवा शेर बहादुर भट्टराईले दमकको ५ नम्बर क्षेत्रको तत्कालीन अवस्था, त्यो बेलाको संघर्ष र चुनौतीका बारेमा सुनाउँदै भन्नु भयो “त्यो बेला हामीले झोलामै वडा कार्यालय बोकेर हिडनु परेको थियो , अव आउने जनप्रतिनिधीलाई त सबै कुरामा सहजै सहज हुने छ ।”

निकै मेहनत र सर्घषपछि यस ठाउँमा वडा कार्यालय आएको र अव काममा सहजता आउने नगरकी उप प्रमुख रेगिना भट्टराईले बताउनु भयो । उहाँले भन्नु भयो ‘लामो समय एउटा निजी घरमा बसेर सेवा प्रदान भयो अव यहि आर्थिक वर्षभित्रमा सकिने गरी आफ्नै प्रशासनिक भवन बन्ने छ । दूरीका हिसावले केही टाढा भएपनि अव यसलाई सबैले स्वीकार गर्दै सेवालाई प्रभावकारी बनाउने कुरामा जोड दिनु पर्छ ।”

दमक नगरपालिकाको आन्तरिक श्रेतबाटै बन्न लागेको यो भवन यहि आर्थिक वर्ष भित्रमा बनिसक्ने छ । आफ्नै श्रोत भएकोले काममा कुनै रोकावट नहुने र सरासर काम सकेर  नगरपालिकालाई हस्तान्तरण गर्न निर्माण कम्पनीलाई दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले अनुरोध गर्नु भयो ।

यो निर्माण भएपछि दमकका १० वटै वडा आ-आफ्नै प्रशासनिक भवनमा रहने र अव यहाँ रहेका आधारभूत स्वास्थ्य चौकीलाई थप आधुनिक र सेवा सुविधा बिस्तार गरेर जनताको सेवा वडाबाटै सक्नेगरिको कार्यक्रमहरु बनाइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

६३ लाख ३१ हजार रुपैँयाको बजेटमा यहाँ ६ कोठे प्रशासनिक भवन निर्माण हुने छ । एन एण्ड सी निर्माण सेवा तथा सप्पलायर्स दमकले ठेक्का परेको यो काम आगामी वर्ष अर्थात २०८२ जेष्ठ ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा