नेपाल र चीनबीचको सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन योगदान

नेपाल-चीनबिचको नौ बुदे सहमती, बुदा सहित थाह पाउँ

दमक, मंसिर १८
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ८ बुँदे सम्झौतापत्रमा आज हस्ताक्षर भयो । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लि छ्याङबीच भएको वार्तापश्चात सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दुई प्रधानमन्त्रीबीच द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभएको छ । कनेक्टिभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप, जनसम्बन्धलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ ।

‘यो द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन योगदान पुगेको छ’, ढकालले भन्नु भयो ।

सहमतिका विषयहरु यसप्रकार छन् ।

१) टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान

२) नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र

३) नौतले बसन्तपुर दरवार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान

४) प्रशोधित राँगाभैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकल

५) विकास योजनासम्बन्धी समझदारीपत्र

६) आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र

७) नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

८) स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र

९) नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा