पूष मसान्त भीत्रमा कर तिर्नेहरुलाई १० प्रतिशत छुट

दमकमा ‘अन द स्पोर्ट कर रसीद जारी’ एक साताभित्र पनि कर नतिरे पसल ‘सिल’ गरिने

दमक, मंसिर १७
दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको नेतृत्वमा हिडेको यो टोली कुनै नयाँ योजनाको अनुगमन तथा निरिक्षणमा होईन । यो आफ्नो नगरभित्र व्यापार गरेर बसेका तर समयमा कर नतिरेका व्यापारी खोज्दै हिडेको हो ।

 

केहि दिन अघी नगरको कार्यपालिकाको बैठकमा यसरी कर नतिर्ने व्यापारीबाट कर असुल गर्ने र तिर्न अटेर गर्नेहरुको पसलनै सिल गर्ने भन्ने निणर्य गरेपछि नगरपालिकाका प्रमुख, उप प्रमुख रेगिना भट्टराई प्रशासाई , प्रमुख प्रशाषकीय अधिकृत गणेश कुमार कार्की सहित राजस्व शाखाका कर्मचारीको टोली कर उठाउन भन्दै पसल पसल पुगेको छ । यसरी पसल पुगेका जनप्रतिनिधी, राजस्वका कर्मचारीहरुले सबैखाले पसल छान मार्दा लामो समय देखी कर नतिरी व्यापार गरेकाहरुलाई एक हप्ताभित्रमा आफ्नो बक्यौता कर तिर्न लिखित कागज गराइरहेको थियो ।

 

पटक पटकको सुचना प्रशारण, प्रकाशन तथा ताकेता गर्दा पनि अटेर गरेका व्यापारीहरु माझ यसरी अभियाननै चलाएर कर संकलन गर्नु परेको दमक नगर प्रमुख थापाले बताउनु भयो । नगरपालिकाले करको दर नबढाई दायरा बढाएर कर संकलन गर्ने र संकलीत रकमबाटै नगरको विकास गर्ने भन्दै यो अभियान चलाइएको उहाँको भनाई छ । लामो समय देखी कर तिर्न बक्यौता रहेका व्यापारीहरुलाई आज चेतावनी पत्र दिदै एक हप्ता भित्रमा बक्यौता नतिरे ती पसलहरुमा नगरपालिकाले ताला लगाउने गरि अभियान चलाएको उहाँको भनाई छ ।

 

नगरपालिकाले चलाएको यो अभियानका बारेमा व्यापारीहरुले भने मिश्रीत प्रतिकृया दिएका छन । दमक १ मा व्यवसाय गरिरहनु भएका बोधराज आचार्यले अभियानलाई सकरात्मक लिनु भएको छ । करबाटै नगरपालिकाले पनि चल्नुपर्ने भएको र कर तिर्नुपर्ने सबैको दायीत्व रहेको यसरी अभियान चलाइनु आवश्यकीय रहेको उहाँले उल्लेख गर्नु भयो ।

 

यस्तै यही ठाउँमा व्यवसायी गरिरहनुभएकी चन्दा नुमा पतङवा शेर्माले अभियान राम्रै भएपनि आजको आजै तिर भन्ने गरी दवाव दिनु चाहि अली अव्यवहारीक रहेको प्रतिकृया दिनु भयो ।

 

दमक नगरपालिकाले पूष मसान्त भीत्रमा कर तिर्नेहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको छ । सो छुटको समेत फाईदा उठाउँदै समयमै कर तिरी नगरको विकास र समृद्धिको साझेदार बन्न अपील गरेको छ । अभियानमा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नगर प्रहरी रहेपनि यहाँका उद्योगी व्यवसायीसग जोडीएको भएपनि यहाँका व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य सघंका पदाधीकारी भने यो अभियानमा देखिएका थीएनन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा