दमक, मंसिर १८
अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला शसक्तीकरणका चर्का कुरा उठीरहेका छन् । यसो गरौ र उसो गरौ भन्ने नारा महिला अधिकारकर्मीहरुले उठाईरहनु भएको छ । तर के गर्ने ? भन्नेको जवाफ स्वरुप बिना भाषण , बिना नारा दमककी गीता सुब्बाले जवाफ दिनु भएको छ । महिलाहरुलाई साच्चै शशक्तिकरणमा लगाउने हो भने सिप सिकाउँ । रोजगारमा लगाउँ वा आत्मनिर्भर बनाउँ ।
यही काममा सहयोग गर्न आफुले दमकमा नयाँ ट्रेनिङ सेन्टर खोलेको बताउनु भयो । सोमबार औपचारीक रुपमा उहाँले दमकको नयाँ सब्जी बजारमा व्यूटि वर्ड एकेडेमीको उद्धघाटन गर्दै महिलाहरुलाई सिप र दक्षतासग जोड्ने अभियानमा लागेको उल्लेख गर्नु भयो । अघील्लो वर्ष १ सय जनालाई निशुल्क ब्यूटिशन कक्षा दिएको स्मरण गर्दै सुब्बाले भन्नु भयो हयो वर्षपनि सरकारी तहबाट आउने निशुल्क तालीमको कक्षा सञ्चालन गर्न दिन र त्यसलाई सफलता पूर्वक सम्पन्न गर्न आफु तयार रहेको बताउनु भयो ।
उद्धघाटन कार्यक्रममा बोल्दै दमक उद्योग वाणीज्य सघंका अध्यक्ष गोपाल गुरागाईले पछिल्लो समय दमकमा व्यवसायहरु चलायमान भएको बताउँदै महिलाहरुको सिपसग जोडीएर आउने कार्यक्रममा यहि रहेका तालीम प्रदायक सस्थाहरुसग आफुहरुले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमको प्रमुख अतिथी रहनु भएकी दमक नगरपाकिलाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले यस खाले व्यवसाय फैलनुनै महिला शशक्तिकरणको अभियान सफल भइरहेको उल्लेख गर्नु भयो । महिलाहरु सिपसग जोडीएर व्यवसायमा लाग्नु, रोजगारी हुनु वा स्वरोजगार बन्नुनै महिला शशक्तिकरणको प्रमुख अंग रहेको बताउँदै उप प्रमुख प्रसाईले भन्नु भयो ‘महिलाको सिप विकास गर्ने कार्यक्रममा द व्यूटि वर्ड दमक एकेडेमीलाई पनि जोड्ने छौ ।
सुब्बाले यस अघीपनि यही ठाउँमा ग्लोरी व्यूटि पार्लर तथा एकेडेमी मार्फत पनि यस खाले काम गर्दै आउनु भएको छ । अहिले यही एकेडेमीको ठाउँमा फेरी नयाँ तालीमकेन्द्र स्थापना गर्नु भएको हो । कस्मेटिक सामाग्री सहित अन्य इन्टेरीयर डेकुरेशन सहित गरेर १५ लाख लगानी गरेर द व्यूटि वर्ड दमक एकेडेमी’ खोल्नु भएको छ । यहाँ सौन्दर्य सम्बन्धीका सबै खाले सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारमा समेत लगाउन सहयोग गरीने जनाइएको छ ।