"सप्ताहव्यापी कार्यक्रकको घोषणा"

दमक जेसीज सप्ताहमा हुने यी ९ कार्यक्रम

दमक, मंसिर १८
दमक जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रकको घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो सप्ताहब्यापी कार्यक्रम सार्वजनिक गरेको हो ।

जेसीज सप्ताह मुल आयोजक समिति संयोजक उमेश गजमेरले सात दिनमा के के कार्यक्रम गर्ने भन्नेबारेमा पत्रकार सम्मलेनमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार जेसीज सामुदायिक भवन निर्माण स्थलमा मंसिर १९ गते सप्ताहको उद्धघाटन गर्दै त्यहाँ निर्माण गरिएको जेसीज धाराको अनावरण समेत गरिने छ । यस्तै यस्तै सोही दिन अटिजम सम्बन्धीको जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

 

दमक ३ स्थित अक्सफोर्ड अग्रेजी बोर्डिङ स्कुलमा यो कार्यक्रम बिहान साढे ११ बजेदेखी आयोजना सुरु गरिनेछ । यसै गरी २० गते मैत्रीपूणर् फूटसल प्रतियोगिताको अयोजना गरिएको छ । दमक १ मा रहेको प्रजिता एकेडेमीभित्र रहेको फूटसल मैदानमा यो प्रतियोगिता बिहान ७ बजेदेखी हुने छ भने यहि दिन दमक २ मा रहेको सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री समेत वितरण हुने भएको छ ।

 

यो कार्यक्रम बिहान १०ः३० बजे गर्ने जनाइएको छ । यसै गरी २० गते नै अर्को कार्यक्रम पनि रहेको छ । विद्यार्थीहरुलाई बाल स्वास्थ्य सम्बन्धीको सचेतनामूलक कार्यक्रम दमक २ कै हिमालय माद्यमिक विद्यालयमा आयोजना गरिने छ । यो कार्यक्रम दिनको २ बजेदेखि सुरु हुने जनाइएको छ । यसपछि भने २१ गते दमक बसपार्कमा सडक दुर्घटना न्यूनिकरण सम्बन्धीको सचेतना कार्यक्रम राखीएको छ ।

 

यो कार्यक्रम बिहान ७ः३० देखि सुरु हुने छ भने यहि दिन यूवाहरुमा नेतृत्व विकास सम्बन्धीको तालिम दिने कार्यक्रम रहेको छ । दमक बहुमुखी क्याम्पसमा बिहान ११ बजेदेखि यो कार्यक्रम हुने छ । र,अन्तिम दिन २३ गते लैङ्गीक हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रम, जेसीज सदस्यहरुलाई बीमा योजना हस्तान्तरण गर्दैै समापन गरिने छ ।

दुवै कार्यक्रम दमक उद्योग वाणिज्य सघंको सभाहलमा हुने पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

Share: