दमक, मंसिर १८
दमकका वडा वडामा अहिले राष्ट्रिय परिचयपत्र प्रदान भइरहेको छ । जिल्ला प्रशाषन कार्यालयको टोली वडा वडामा आएर बसेको र सो प्राविधिक कर्मचारीको निगरानीमा वडामै फोटो खिचाएकाहरुको परिचयपत्र वितरण भइरहेको हो ।
तर दमकको ६ नम्बर वडाले भने वडा सहित घर घरमै पुगेर पनि राष्ट्रिय परियपत्र वितरण गरेको छ । अशक्त तथा जेष्ठ नागरीकको घर घरमै गएर यसरी परिचपत्र वितरण गरीएको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।
प्रशाषन कार्यालयको प्राविधिक कर्मचारीलाई घर घरमै लगेर यसरी सेवा दिदा अशक्तहरुलाई सहज भएको छ ।
वडा कार्यालय सम्म धाएर जानुपर्ने समस्या समाधान हुनुका साथै जनप्रतिनिधीहरुले उहाँको स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने अवसर समेत पाएका छन् ।
यहाँ बिगत २ महिना देखी राष्ट्रिय परिचय पत्र निरन्तर वितरण भइरहेको छ ।