जीवन उपयोगी उत्प्रेरक कुरा

दमकमा सम्पन्न भयो स्वजागरण

दमक, मंसिर १८
स्वस्थ्व जीवनशैली तथा स्वजागरण अभियान दमकमा सम्पन्न भएको छ । दमकका बिभिन्न सघं सस्थाका, विद्यालय तथा कलेजका विद्यार्थी, प्राध्यापक, नगरपालिकाका कर्मचारी तथा अन्य विभिन्न जनमानसको उल्लेख्य उपस्थितीमा स्वजागरण कार्र्यक्रम सम्पन्न भएको हो ।

जीवन उपयोगी उत्प्रेरक कुराहरुबाट मनबाट शान्त्त र सिर्जनशिल भाव पैदा हुने विस्वासका साथ दमक नगरपालिकाले यो कार्यक्रम गरेको हो ।
जीवन बिज्ञान परिषद झापाको समन्वयमा सम्पन्न भएको कार्यक्रममा रमेश गुरुदेवले जीवन उपयोगी दर्शन दिनु भएको थियो ।

उहाँले शिक्षा, स्वास्थ्य, आफ्नो दैनिकीलाई सहज बनाउने तरीका तथा काममा एकाग्राता कसरी बढाउन सकिन्छ भन्नेबारेमा उपस्थिती माझ सरल उदाहरण मार्फत प्रस्तुत गर्नु भएको थियो ।

दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले सबैलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा झण्डै २ हजारको जनमानसको उपस्थिती रहेको थियो । निशुल्क रुपमा आयोजना गरिएको यो कार्यक्रमको सबै खर्च दमक नगरपालिकाले गरेको छ । आम मानीसमा बढिरहेको नैरास्यतालाई हटाउँदै सिर्जनसिल बन्न र सकरात्मक बन्न यस खाले प्रवचन कार्यक्रम आयोजना गरीएको उप प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा