दमक, मंसिर १८
स्वस्थ्व जीवनशैली तथा स्वजागरण अभियान दमकमा सम्पन्न भएको छ । दमकका बिभिन्न सघं सस्थाका, विद्यालय तथा कलेजका विद्यार्थी, प्राध्यापक, नगरपालिकाका कर्मचारी तथा अन्य विभिन्न जनमानसको उल्लेख्य उपस्थितीमा स्वजागरण कार्र्यक्रम सम्पन्न भएको हो ।
जीवन उपयोगी उत्प्रेरक कुराहरुबाट मनबाट शान्त्त र सिर्जनशिल भाव पैदा हुने विस्वासका साथ दमक नगरपालिकाले यो कार्यक्रम गरेको हो ।
जीवन बिज्ञान परिषद झापाको समन्वयमा सम्पन्न भएको कार्यक्रममा रमेश गुरुदेवले जीवन उपयोगी दर्शन दिनु भएको थियो ।
उहाँले शिक्षा, स्वास्थ्य, आफ्नो दैनिकीलाई सहज बनाउने तरीका तथा काममा एकाग्राता कसरी बढाउन सकिन्छ भन्नेबारेमा उपस्थिती माझ सरल उदाहरण मार्फत प्रस्तुत गर्नु भएको थियो ।
दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले सबैलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा झण्डै २ हजारको जनमानसको उपस्थिती रहेको थियो । निशुल्क रुपमा आयोजना गरिएको यो कार्यक्रमको सबै खर्च दमक नगरपालिकाले गरेको छ । आम मानीसमा बढिरहेको नैरास्यतालाई हटाउँदै सिर्जनसिल बन्न र सकरात्मक बन्न यस खाले प्रवचन कार्यक्रम आयोजना गरीएको उप प्रमुख प्रसाईले जानकारी दिनुभयो ।