शरीरभरी चोट । रगतका टाटा लागेको कपडा ।

न घर , न परिवार, भौंतारिएर हिँडिरहनु भएका कुमार भयानक दुर्घटनाबाट त बच्नुभयो , तर अव …….

दमक, मंसिर १८
जन्म स्थान ओखल्ढुङ्गा हो भन्ने उहाँलाई याद छ । अनि ओखल्ढुङ्गाबाट उदयपुरको कटारी समेत झरेको उहाँ सम्झनु हुन्छ । तर कोसँग झरेको र कोसँग बसेको    केही पत्तो छैन । एकजना फूपु चाहि ओखल्ढुङ्गामै बस्नु हुन्छ भन्ने पनि उहाँ भन्नु हुन्छ तर फूपुको नाम पनि उहाँलाई थाह छैन । यसरी आफ्नो परिवार, घर र कोहि पनि आफन्त बेगरनै उहाँको जिन्दगी बितिरहेको छ । कहाँ कस्ले के काम दिन्छ त्यो काम गर्ने र बस्ने गर्नु हुन्थ्यो । तर अली बढि मादक पर्दाथ सेवन गर्ने भएपछि कामबाट निकालीनु हुन्थ्यो । त्यसपछि उहाँको जाने फेरि कुनै ठाउँ हुदैन थियो । सडकको किनार र त्यहि सडकमा हिडनेहरुले दिएभने खाने उहाँको दैनिकी बन्थ्यो ।

यहि क्रममा  उहाँ बिभिन्न ठाउँ हुदै दमक आईपुग्नु भयो । दमकको बसपाकर्मा पानी बेच्दै गुजारा चलाईरको बताउनु हुने उहाँ सडक दुर्घटनामा पर्नु भयो । र अहिले ३ महिना सम्म बेड रेष्ट गर्नुपर्ने गरी थलिनु भएको छ ।

उहाँको नाम हो कुमार आले मगर । उमेरले २ कोरी हाराहारी पुग्नु भएका आले अहिले सम्मपनि कुमारनै हुनुहुन्छ । अर्थात विवाह गर्नु भएको छैन । होटलमा काम गर्ने , त्याँबाट निकालिदा बसपार्कहरुका पानी बेच्ने गर्दा गर्दै दमक आइपुग्नु भएको हो । दमक आएपछि उहाँ आफुजस्तै साथीसग रतुवाको पुल तिरजाँदौ गर्दा ट्याक्टरको ठक्करका कारण दुर्घटनामा पर्नु भयो । दुवैजना मदिराले लठ्ीएर हिडेका बेला ट्याक्टरले दुर्घटना गराउँदा उहाँको टाउको, खुट्टा तथा शरिरका अन्य भागमा गहिरो चोट लागेको छ । दुर्घटना रातको समयमा भएको भएपनि उहाँ भोलीपल्ट बिहान १० बजे मात्रै कसैको सहयोगमा दमक अस्पताल आइपुग्नु भएको थियो ।

शरीरभरी चोट । रगतका टाटा लागेको कपडा । दुङ्गदुङी गन्हाउने शरीर भएको थियो । अस्पताल ल्याउँदा ड्रेसिङ रुममा कसरी छिराउने होला भन्ने स्थितीबाट सडकबाट उद्धार गरी अस्पताल सम्म ल्याइएको उद्धारमा खटिनु भएका प्रहरी जावन आत्मराम खड्काले बताउनु भयो ।

यसरी अस्पताल आइपुग्नु भएका आलेको स्वास्थ्यमा केहि सुधार भएको छ । तर कम्तिमा २ महिना सम्म बेड रेष्ट गर्न चिकित्सकको सुझाव छ । उहाँको सबै उपचार खर्च अस्पतालको तर्फबाट निशुल्क रुपमा भएको र उपचारमा खटिनु भएका डा. समशेर यादव भन्नु हुन्छ ‘उहाँको मेरुदण्डमा समस्या भएको छ । निकै ठुलो दखल छ । २ महिना औषधी सेवन गर्दै आराम गरेपछि थप उपचार गर्न आवश्यक छ ।

अहिले आलेलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । डिस्चार्जपछि दमक २ मा रहेको मानव उद्धार सेवामा पठाइएको छ । यसरी बेवारिसे भएकाहरुको सहारा बनेर दमकमा स्थापना भएको मानव उद्धार सेवामा आले सहित २४ जना बेवारिसेहरुलाई राखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा