खोजमूलक ११ पुस्तकका लेखक

खोजकर्ता / लेखक तिम्सिना गौरादहमा सम्मानित

पथरी, मंसिर २३
झापाको गौरादहमा रहेको नेपाल उत्पीडित जातीय मुक्ति समाजले जातीय उत्पीडनको इतिहासका रुपमा बिसे नगर्चीको इतिहास खोज्ने मोरङकोे पथरी शनिश्चरेको खोजकर्ता/ लेखक दीपेन्द्रराज तिम्सिनालाई सम्मानित गरेको छ ।

 

संस्थाको तेस्रो नगर अधिवेशनमा अवसरमा खोजकर्ता तिम्सिनालाई कार्यक्रममा प्रमुख अतिथि मुक्ति समाजका केन्द्रीय सचिव, जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेलले दोसल्ला र सम्मानपत्रले  सम्मान गर्नुभएको थियोे ।

 

पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा गहिरो खोज अनुसन्धान गरि नेपालमै पहिलोपटक ‘गुमनाम एक इतिहासः बिसे नगर्ची’ पुस्तक प्रकाशन गरि समग्र दलित समुदायको गौरबमय इतिहास खोज, लेखनमा लागेकाले सम्मानित गरिएको समाजका नगर सचिव रोहित सेन्चुरीले बताउनुभयो । ‘दलित भएकैकारण इतिहासले लुकाएका व्यक्ति बिसेको बिषयमा गोरखासम्मै पुगेर तथ्यपुणर् खोज अनुसन्धान गरि लेखिएको पुस्तक दलित समुदायले राज्यलाई दिएको योगदानको दस्तावेजको रुपमा लिएका छौं’ सम्मान पत्रमा भनिएको छ ।

 

खोजकर्ता तिम्सिनाले बिसे नगर्चीको इतिहास गोरखा सम्मनै पुगेर खोज अनुसन्धान गरि लेखेको पुस्तक हाल दोस्रो संस्करण वितरण भइरहेको छ । सोही अधिवेशनमा अन्तरजातीय विवाह गर्ने दलित जोडीलाई समेत सम्मानित गरिएको थियोे ।

 

खोजमूलक पुस्तक लेखेकै कारण तिम्सिना यस अघि सामुदायिक वन उपभोक्ता महासंघ मोरङ (२०६५), अरुणोदय अंग्रेजी विद्यालय पथरी शनिश्चरे १०, (२०६६) नेपाल जेसीज (२०७४), पथरी जेसीज (२०७४ र २०८१), पथरी उद्योग वाणिज्य संघ, तिम्सिना समाज मोरङ जिल्ला (२०७९), प्याब्सन पथरी शनिश्चरे नगर समिति, भुपू सैनिक बोर्डिङ पथरी (२०७९), बालनमुना वोर्डिङ पथरी शनिश्चरे १०, (२०७९), तिमिल्सिना समाज कोशी प्रदेश (२०८०), पथरी शनिश्चरे, नगरपालिका १ नं वडा कार्यालय (२०८०) लगायतका दर्जन बढी संघ संस्थाबाट सम्मानित हुनु भएको छ ।

 

तिम्सिनाका हालसम्म प्रकाशित पुस्तकहरु टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८, मोरङका जनप्रतिनिधि संङगालो २०७९, माइखोलादेखि पुनर्वाससम्म २०८० (भुटानी शरणार्थीको कथा व्यथा) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८०, गुमनाम एक इतिहास ः बिसे नगर्ची २०८१ पहिलो संस्करण, गुमनाम एक इतिहास ः बिसे नगर्ची २०८१ दोस्रो संस्करण रहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०