असममा भव्य साहित्यिक सम्मेलन

एउटै मञ्चमा १ सय वटा पुस्तक विमोचन, १० हजारभन्दा बढीको सहभागिता

दमक, मंसिर २४
भारतको असममा रहेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा मरिहत्ते गर्दै आएका नेपालीभाषीहरुले आयोजना गरेको यो पटकको ४ दिने साहित्यसभा सृजना क्षेत्रको नमुना कार्यक्रम बनेको छ ।

 

असमस्थित गोलाघाट सरुपथारमा असम नेपाली साहित्य सभाको १६ औं त्रैवार्षिक महाधिवेशन तथा स्वणर्जयन्तीको ४ दिने भव्य जमघटमाझ १ सय वटा कृति विमोचन भएका छन् ।

 

कार्यक्रममा असमभरिबाट आएका १ हजार प्रतिनिधिसहित १० हजारभन्दा बढीको सहभागिता, १ सय ५० भन्दा बढी स्वदेशी तथा विदेशी पाहुना, एउटै मञ्चबाट १ सय वटा पुस्तक विमोचन, २ सय भन्दा बढी व्यापारिक स्टलहरूको भव्य कार्यक्रम रहेकोे कार्यक्रममा नेपालबाट सहभागि प्रा. डा. देवी नेपालले जनाउनु भयो । दर्जनौँ सांस्कृतिक प्रदर्शनी स्थल, हजारौँ सहभागी अटाउने तीनवटा भव्य कार्यक्रम स्थलमा रातको ११ बजेसम्मको यसखाले कार्यक्रम आफूले पहिलोपटक देखेको नेपालले उल्लेख गर्नुभएको छ । त्यहाँ विभिन्न नेपाली साँस्कृतिक प्रस्तुतिसहित मौलिक साँस्कृतिक बस्तुहरुको प्रदर्शनी भएको थियो ।

 

कार्यक्रममा, प्रा.डा. नेपाललाई ६० हजार भारतीय रुपैयाँ राशिको ‘निरु शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ प्रदान गरिएको छ । समापन समारोहमा असम राज्यका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा र सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिङ तामाङ (पीएस गोले) को हातबाट सो पुरस्कार प्रदान भयो ।

 

सो कार्यक्रममा नेपालबाट नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभा, प्रा.डा. गोविन्दराज भट्टराई, शरच्चन्द्र वस्ती, चन्द्र भण्डारी, देवीभक्त श्रेष्ठ, विमल वैद्य, दीपक सुवेदी, विष्णु न्यौपाने, डा. गोपीकृष्ण खतिवडा, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, भगवती ढुङ्गेल, भरत गुरागाईं बर्बरिक, दुर्गा सिग्देल, तुलसीप्रसाद भट्टराई, प्रिन्स प्रमोद ढकाल, नेपाली साहित्य परिषद सिक्किमका प्रतिनिधि तथा सिक्किम गजल मञ्चकी सस्थापक अध्यक्ष जीविका अश्रुलगायतको सहभागिता भयो । बिर्तामोडको पञ्चेबाजा समूहको समेत प्रस्तुति रह्यो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,