शरणार्थी शिविरमा मानव अधिकार दिवस

स्वदेश फर्किने व्यग्र प्रतिक्षा दोहोर्‍याइरहेछन् भूटानी शरणार्थीहरु

दमक, मंसिर २५
विगत ३४ वर्षदेखि नेपालका शिविरमा शरणागत जीवन विताउँदै आएका भूटानी नागरिकहरुले आफूहरुकोे स्वदेश फर्किने अधिकारलाई पूरा गराउन सम्बन्धित निकायसँग माग दोहोर्‍याएका छन् ।

 

उनीहरुले मंगलबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा झापाकोे दमकस्थित बेलडाँगी शिविरमा र्‍याली निकाली आफूहरुको स्वदेश फर्किने व्यग्र चाहनालाई मावन अधिकारका रुपमा पूरा गराउन माग अघि सारेका हुन् ।

 

भूटान स्वतन्त्र जनमञ्च र राष्ट्रिय मेलमिलाप समितिले संयुक्त रुपमा आयोजना गरेको स्वदेशफिर्तीका लागि ध्यानाकर्षण कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

 

शरणार्थीका संख्यामा होइन, समस्यामा ध्यान देउ, हाम्रो देश प्राणभन्दा प्यारो छ, दर्ता गर्न छुटेका शरणार्थीको अबिलम्ब दर्ता गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर र्‍यालीले शिविर परिक्रमा गरेको थियो । कतिपय भूटानको राष्ट्यि पोशाकमा समेत उपस्थित भएका थिए ।

 

कार्यक्रममा भूटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले शरणार्र्थीको स्वदेश फर्किन पाउने मानव अधिकार पूरा गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयोे ।

 

कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रीय नेता केपी सुवेदीले पनि भूटानीहरुको स्वदेश फर्किने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बेलडाँगी शिविर सचिव सञ्चहाङ सुब्बासहितले स्वदेशफिर्तीका पक्षमा मन्तव्य राख्नु भएको कार्यक्रममा सहभागि दिल भूटानीले जनाउनु भयो । उता, मोेरङको पथरी शनिश्चरे शिविरमा पनि कार्यक्रम गरिएको छ ।

 

स्वदेश फर्किने दर्विलो पहल हुन नसक्दा शिविरमा रहेका १ लाख १३ हजार ५ सयको संख्याका भूटानीहरुलाई अमेरिकासहितका ८ वटा देशमा पुनर्वास गराइएको छ । स्वतन्त्रता र मानवअधिकारको आवाज उठाउँदा भूटान सरकारबाट लखेटिएकामध्ये ७ हजारको हाराहारीमा बेलडाँगी र पथरी शनिश्चरे शिविरमा बसिरहेका छन् । दातृ संस्थाहरुबाट हुँदै आएको राहत सहयोग पनि बन्द भएपछि उनीहरु अप्ठ्यारोमा जीवन विताउन वाध्य छन् ।

भिडियो र तस्वीर ः दिल भूटानी

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८