पूर्वको विकासको केन्द्र

बीआरआईमा समेटिएका यी दुई परियोजना जसले दमकको भाग्य कोर्दै छ

दमक, मंसिर २६
झापाको दमकमा अन्तराष्ट्रिय स्तरका दुई परियोजना बन्ने भएका छन् । चिनसगको सहकार्यमा बन्ने ती परियोजनालाई हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताको दस्तावेजमा पनि उल्लेख गरिएको छ ।

प्र्रधानमन्त्रीको बेइजिङ भ्रमणका क्रममा भएको सम्झौता मध्ये दमक, झापा र कोशी प्रदेशकै भाग्य कोर्ने यी दुई परियोजनाका बारेमा अहिले बढि चर्चा छ ।

बीआरआई फ्रेमवर्क सम्झैताको आयु तीन वर्षको छ र तीन वर्ष स्वत थप हुने भनिएको छ । कुनै पक्षले रद्ध गर्न चाहेमा तीन महिना अगाडि लिखित जानकारी दिएर गर्न सक्ने भनिएको छ । सम्झौता रद्ध भएमा पनि कुनै जारी परियोजनामा असर नगर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

दमकको भाग्य कोर्ने यी दुई परियोजना

१). नेपाल चीन मैत्रि औद्योगिक क्षेत्रः पूर्वको विकासको केन्द्र

झापाको दमकमा बनाइने भनिएको नेपाल चीन मैत्रि औद्योगिक क्षेत्रलाई नेपाल र चीनको असली मित्रताको बिम्ब हुने बताइएको छ । पूर्व क्षेत्रको आर्थिक विकास तथा जनस्तर सुधार्न यो प्रधावकारी हुने बताइएको छ ।

यसकालागी सरकारले जग्गा अधिग्रहण गर्ने काम सकेर परियोजना स्थलमा सिलान्यास समेत भइसकेको छ । पूर्व तयारी अनुसार अव यसको काम अघी बढेर परिणाम दिन थालेपछि यसले पूर्वी नेपालको भाग्य कोर्न सक्ने छ ।

यहाँबाट लाखौले रोजगारी पाउने र आर्थीक कारोबार भएका कारण यस क्षेत्रको विकास र समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

२). खेलकुद केन्द्रः आधुनिक खेलको कलात्मक पुर्वाधार

दमकमा खेलकुद तथा खेलाडी केन्द्रलाई बहुआयामिक र आधुनिक सेवासुविधा सम्पन्न पुर्वाधारको रुपमा विकास गरिने बताइएको छ । खेल तथा खेलाडीको लागि दिगो तथा अन्तराष्ट्रिय सेवा सुविधाहरु हुने बताइएको छ ।

 

फूटबल, क्रिकेट, एथ्लेटिक्स लगायतका खेलहरु यसमा जोडिने बताइएको छ । केन्द्रमा क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु आयोजना गरिने बताइएको छ । यो परियोजना दमक ३ स्थित दुम्सेमा रहेको प्रस्तावीत मदन भण्डारी रङ्गशाला हो ।

 

यसको पनि जग्गा अधिग्रण भएर दमक नगरपालिकाको नाममा ल्याइसकिएको छ भने घेराबारा गरि सुरक्षा गरिएको छ । यो परियोजना सम्पन्न भएपछि देश तथा विदेशबाट खेलाडीहरु यहाँ आउने र आर्थीक चलायमान भएपछि यस क्षेत्रको विकास र समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि