अनुशीलन

सिक्किममा नेपाली गजलको विस्तारमा अगुवा जीविका

दमक, मंसिर २९
नेपाली भाषामा लेखिने गजलले व्यापकता पाइरहेको छ । जहाँ जहाँ नेपालीभाषी पुगेका छन्, त्यहीँ त्यहीँ गजबसँग नेपाली गजलको विस्तार भएको छ । आफ्नै तरिकाले गजल लेखिरहनु एउटा कुरा हो भनें गजललाई अभियानका रुपमा संगठनात्मक तरिकाले व्यापकता फैलाउनु फेरि अर्को महत्वपूणर् पक्ष हो ।
भारतको सिक्किममा रहेर आफू पनि नेपाली गजल लेख्ने र गजलको संगठनात्मक अभियान समेत सञ्चालन गर्ने अगुवा गजलकार हुनुहुन्छ जीविका अश्रु अर्थात जीविका खतिवडा कार्की ।

 

विराटनगरबाट प्रकाशन हुने अनुसन्धान साप्ताहिक पत्रिकामा २०५३ साल साउनमा पहिलो पटक ‘मेरो गाउँ’ शिर्षकको कविता प्रकाशित भएपछि उहाँले निरन्तर लेखन कार्य अघि बढाउँदै जानु भयो । हुँदै जाँदा सिक्किममा नेपाली साहित्यको प्रवद्र्धनमा अगुवाई समेत गर्ने आफ्नौ हैंसियत निर्माण गर्नुभयो ।
मीन प्रसाद खतिवडा र अम्बिका पोखरेल खतिवडाको सन्तानका रुपमा बिक्रम सम्बत २०३२ चैत १२ गते मोरङको मिक्लाजुङ अन्तर्गत जाँतेमा जन्मिनु भएकी जीविका लामो समयदेखि पूर्वसिक्किमको गान्तोकस्थित सिच्छे बस्तीमा पति प्रकाश कार्कीसहितको परिवारसँग बस्दै सृजना कर्ममा तल्लिन हुनुहुन्छ ।
कविताबाट लेखन सुरु गरेको भएपनि उहाँ गजलकै लागि समर्पित बनेर त्यसको विस्तारमा आफूलाई भारतको सिक्किममा मात्र नभई भारतका धेरै जिल्ला तथा नेपालको मेचीमहाकालीसम्मका धेरैजसो कार्यक्रममा नियमितजसो उहाँको सक्रिय सहभागिता रहन्छ । उहाँ गजल, कविता, कथा, नियात्रा, मुक्तक, गीत सहितमा कमल चलाउनु हुन्छ अनि घर परिवारको साथ र समर्थनमा सृजनाको आकाशमा आफ्नो उडान भर्दै अरुलाई समेत लेख्ने उर्जा बाँढ्दै सृजना कर्ममा आफूलाई पूणर्रुपमा समर्पित गर्नुभएको छ ।

 

सन् २०१७ देखि गजलका सामूहिक गतिविधि हुँदै आउँदा सन् २०१९ मा अश्रुकै नेतृत्वमा सिक्किम गजल मञ्च गठन भयो । त्यसपछिका गतिविधिले सिक्किममा गजलको गुणस्तरीय व्यापकता सिर्जना गरेर त्यहाँको गजल इतिहास खोजेर संगह्रित गर्ने काम समेत भयो ।

 

सिक्किमेली नेपाली गजल संग्रह निकाल्नेमा उहाँ दोस्रो महिला तथा पुरुष महिला दुबैमा गणना गर्दा तेस्रो सर्जक हुनुहुन्छ । उहाँका हालसम्म चार वटा कृति प्रकाशित छन् । उहाँले सन् २०१६ मा आफ्नो पहिलो कृतिगत सन्तानका रुपमा गजल संग्रह ‘अक्षर प्रेम’ जन्माउनु भयो ।

 

उहाँसहितका सर्जकको संयुक्त गजल संग्रहका रुपमा सन् २०१७ मा ‘शब्द शिविर’ प्रकाशनमा आयो । सन् २०२१ मा उहाँले कविताको संग्रह ‘भोकको भाइरस’ निकालेर संग्रहमा आफ्नो कविताको उपस्थिती जनाउनु भयो । अनि २०२२ मा गजल संग्रह ‘आकाश मेरो पनि’ प्रकाशनमा थपियो ।
सन् २०२४ मा प्रकाशित सिक्किमेली नेपाली गजल संग्रहको संयुक्त सम्पादन गर्दै सिक्किमेली गजलकारहरुको गजल समेट्ने ऐतिहासिक कामको अगुवाई समेत गर्नुभयो । वीणाश्री खरेल स्मृति ग्रन्थको संयुक्त सम्पादनमा उहाँको पनि सम्पादकको जिम्मेबारी छ ।

 

उहाँले विंसं २०७३ मा नमस्ते साहित्य परिषद ओखलढुंगाबाट सृजनशील नारी साहित्य सम्मान, २०७४ मा हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनबाट हाम्रो मझेरी गजलश्री सम्मान, २०७५ मा राष्ट्रिय नागरिक विकास समाज, काठमाडौंबाट राष्ट्रिय नारी स्वणर् सम्मान, सोही वर्ष केदारनाथ/गुनकुमारी/रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान प्राप्त गर्नुभएको छ ।

 

पूर्वोत्तर हिन्दी साहित्य अकादमी, असम भारतबाट सन् २०१७ मा सृजन सम्मान, सोही वर्ष उत्तर प्रदेशस्थित सिद्धार्थ तथागत कला साहित्य संस्थानबाट तथागत सृजन सम्मान, गृन केयर सोसाइटी ,मेरठ उत्तर प्रदेशबाट क्रान्तिधारा मेरठ साहित्य रत्न सम्मान प्राप्त गरेर आफ्नो योगदानको कदरस्वरुप आफूमाथि जिम्मेबारी थप्नु भएको छ ।

 

खोरियाश्री सम्मानका साथै अभियान साहित्य समिति,राङ्का,पूर्व सिक्किम, २०७५ मा नेपाली साहित्य संसारसहितबाट प्रशंसापत्र प्राप्त गर्नुभएको छ । उहाँ साहित्यिक गतिविधिमा सहभागि हुने क्रममा बंगलादेश, युएई समेत पुग्नु भएको छ ।

 

सिक्किम गजल मञ्चको संस्थापक अध्यक्ष र नेपाली साहित्य परिषद सिक्किमको आजिवन सदस्य उहाँ अभियान साहित्य समिति राङ्का,पूर्व सिक्किममा समेत आवद्ध भएर नेपाली भाषा, साहित्य, संस्कृति संरक्षण र संवद्र्धनमा एक सिपाहींका रुपमा सृजनशील मनमार्फत आस्थाको धरोहर ठड्याइरहने काममा सामेल हुनुहुन्छ । उहाँसँग साहित्यका गतिविधिका बारेमा गरिएको कुराकानी र उहाँका रचना प्रस्तुतिको कार्यक्रम हेरौं कार्यक्रम ‘अनुशीलन’ मा (भिडियो) ः

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ