नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको आवेदन खुलाउन सक्रिय

नेप्सेलाई निजिकरण गर्ने डेढ दशकदेखिको योजना किन हुँदैछ अलपत्र ?

दमक, पुष ३
नेपाल स्टक एक्सचेन्जलाई निजीकरण गर्ने डेढ दशकदेखिको योजना यो वर्ष पनि पूरा नहुने भएको छ।नेपाल धितोपत्र बोर्डमा अध्यक्ष आएसँगै अर्थ मन्त्रालय नेप्सेको पुनर्संरचनाको योजनालाई थाती राखी नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको आवेदन खुलाउन सक्रिय भएको हो।

 

नेप्सेको निजीकरणको प्रस्ताव एक वर्षदेखि अर्थमन्त्रीको टेबलमा छ भने नयाँ स्टक एक्सचेन्ज अनुमतिको फाइल प्रधानमन्त्रीको कार्यालयमा छ। दुवै फाइल सरकारको टेबलमा भए पनि स्टक एक्सचेन्जको लाइसेन्स वितरणले मात्रै प्राथमिकता पाएको छ।यसले नेप्से निजीकरणको विषय यो पटक पनि अगाडि नबढ्ने निश्चित देखिएको छ।

 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म सक्रिय बने पनि गत वर्ष मंसिरमै मन्त्रालय पुगेको नेप्से पुनर्संरचनाको प्रस्ताव ओझेलमा परेको छ।

 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन चौतर्फी दबाब आइरहेकाले पनि बजेटमै परेको योजना सेलाउँदै गएको स्रोत बताउँछ।अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले निजीकरणको विषय मन्त्रालयको छलफलमै नआएको स्वीकार गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा