१ सय ७३ मुलुकमा ६० लाख ९८ हजार ८० जना नेपाली श्रमिक

कुन देशमा काम गर्ने नेपाली कति ? एकजना मात्रै नेपाली भएको देश थाहा पाउनुहोस ।

दमक, पुष ३
काम खोज्दै विदेशीने नेपाली बढिरहेका छन् । नेपालमा कामको कम अवसर देखेपछि विदेशी यूवाको संख्या बढिरहेको छ । यसै शिलशिलमा पछिल्लो एक दशकमा भारतबाहेक १ सय ७३ मुलुकमा ६० लाख ९८ हजार ८० जना नेपाली श्रमिक पुगेका छन् ।

 

जसमा ५६ लाख ८१ हजार ६ सय २७ पुरुष र ४ लाख १६ हजार ४ सय ५३ महिला छन् ।

यो संख्या वैदेशिक रोजगार विभागबाट सन् २०१४ जनवरी १ देखि २०२४ को जुलाई १६ सम्म वैधानिक रूपमा श्रम स्वीकृति लिई गएकाको मात्र हो ।

 

यसबाहेक व्यक्तिगत पहुँच वा अन्य उपायबाट विभागसँग श्रम स्वीकृति नलिईकनै गएकाको संख्या सरकारी अभिलेखमा छैन । पछिल्लो एक दशकमा लिबिया, सिरिया, बर्मा, मेक्सिको, जिबुती, इक्वेडर र गुआनामा जान श्रम स्वीकृति लिइएको छैन ।

 

विभागबाट श्रम स्वीकृति लिई सबैभन्दा बढी कतारमा १६ लाख ६ हजार ५ सय २१ जना पुगेका छन् ।

सबैभन्दा कम भने सुरिनाममा एक जना मात्र पुगेको देखिन्छ ।

सुरिनामा एकजना मात्रैले श्रम स्किृती लिएकोले यो देशमा एकजना मात्रै नेपाली कामदार रहेको सरकारी अभिलेख छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा