सरकारले दिने मल पर्याप्त नभएकाले पनि मल अभाव

मलमा मनमरी -किसानले पाउँदैनन्, कालाबजारी गर्ने ब्यापारीको गोदाम भरिभराउ

सिराह, पुष ४
सिरहाका १७ वटै पालिकाका अधिकांश किसानको अवस्था अहिले उनको जस्तै छ । गहुँमा मल छर्न किसानहरू सहकारी तथा मल पाइने पसलहरू भौंतारिरहेका भेटिन्छन् । तर, मल सहजै पाइँदैन । भेटिए पनि चर्को मूल्य तिर्नुपर्छ । भारतबाट तस्करी गरी ल्याइएको मात्रै होइन, सरकारी अनुदानकै मल पनि बजारका निजी पसलमा बिक्री भइरहेको पाइएको छ ।

 

 

गत मंसिर २६ मा कल्याणपुर नगरपालिका-८ मझाउबाट प्रहरीले सरकारी अनुदानको डीएपी र युरिया गरी ६२ बोरा मल नियन्त्रणमा लिएको थियो । स्थानीय सञ्जय साहले आफ्नै घरमा सञ्चालन गरेको जनरल स्टोरबाट उक्त अनुदानको मल महँगोमा बिक्री गरिरहनु भएको थियो ।

 

 

प्रहरीका अनुसार उनले प्रतिबोरा डीएपी ३५ सयदेखि ४ हजार र युरिया १५ सयदेखि १८ सयसम्ममा बेच्ने गरेका थिए । जबकि, कल्याणपुर नगरपालिकाले डीएपी प्रतिबोरा २५ सय र युरिया एक हजार रुपैयाँमा बेच्न भनेको छ ।

 

प्रहरीले मल मात्रै नियन्त्रणमा लिएको छ । सरकारी अनुदानको मलको कालोबजारी गर्ने साह भने फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभयो ।प्रहरीले मल मात्रै नियन्त्रणमा लिएको छ ।

 

 

सरकारी अनुदानको मलको कालोबजारी गर्ने साह भने फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभयो ।भारत तथा तेस्रो देशबाट सरकारले खरिद गरेर ल्याएको रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि सहकारी संस्थामार्फत किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको छ । यहाँबाट स्थानीय तहले तोकेका सहकारीले डीएपी प्रतिबोरा २ हजार २ सय ७२ रुपैयाँ र युरिया प्रतिबोरा ८ सय २२ रुपैयाँमा किन्ने गर्छन् ।

 

 

सहकारीले बेच्ने मूल्य स्थानीय तहले निर्धारण गरिदिएको हुन्छ । तर, कतिपय सहकारीबाट नै सरकारी मल व्यापारीले लैजाने र कालोबजारीको समस्या देखिने गरेको कृषि सामग्री कम्पनी लिमिटेड, सिरहाका प्रमुख दीपक पौडेल बताउनुभयो । सिरहामा ६४ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ७५ प्रतिशत हाराहारीमा गहुँ खेती हुने गर्छ । यसका लागि कम्तीमा ४ हजार पाँच सय मेट्रिक टन डीएपी र ३ हजार मेट्रिक टन युरिया मल चाहिने पौडेलको भनाइ छ । तर, यसपल्ट गहुँ सिजनका लागि तीन चरणमा गरी १२ सय ७२ मेट्रिक टन डीएपी र १४ सय १० मेट्रिक टन युरिया मात्रै सिरहा आएको उहाँले जानकारी दिनुभयो ।

 

 

 

उहाँका अनुसार अझै साढे ८ सय मेट्रिक टन डीएपी आउने क्रममा छ । सरकारले दिने मल पर्याप्त नभएकाले पनि मल अभाव देखिएको पौडेलको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ