४१ वर्षपछि पुनर्जीवित बन्दै राजघाट आयुर्वेद औषधालय

उर्लाबारी, पुस ४
त्यो बेला वरपर अरुखाले अस्पताल थिएनन् । टाढाको जिल्ला सदरमुकाम विराटनगर तथा झापाका सीमित क्षेत्रमा एलोेपेथिक उपचार विधिका केही अस्पताल थिए । तर नजिकको सबैका लागि भरपर्दो स्वास्थ्य साथीका रुपमा थियो मोरङ राजघाट आयुर्वेद औषधालय ।

 

तात्कालिन राजघाट गाउँविकास समितिको दुर्गापुरीमा रहेको आयुर्वेद औषधालय समयक्रममा आसपासका क्षेत्रमा एलोपेथिक अस्पतालहरु बढ्न थालेपछि ओझेलमा मात्रै परेन, संकटको अवस्थामा पुग्यो । प्रविधिसहितको विकासले मानिसहरुमा धैर्यता कम हुँदैे गएको अनि उपभोक्तावादी संस्कृतिको विकास हुँदै गएपछि छिटो रुपमा रोग निको पार्ने एलोपेथिक उपचारको साम्राज्य विस्तार हुँदै गयो ।

 

उत्तरपूर्वी मोरङ र पश्चिम झापाका बासिन्दाको भरपर्दो उपचार केन्द्रका रुपमा २०४० सालमा स्थापना भएको सो औषधालयले ४१ वर्षपछि यसबेला पुनर्जीवन पाएको छ । त्यहाँको तीन कठ्ठा जग्गा रहेको औषधालय परिसरमा त्यो बेला बनेको भवन जीणर् भयो । हाल उर्लाबारी नगरपालिका वडा नम्बर ८ मा पर्ने सो औषधालयकालागि तराई मधेश समृद्धि कार्यक्रम र उर्लाबारी नगरपालिकामार्फत हलसहितको एकतले चारकोठे भवन साउनमा निर्माण सम्पन्न भयो । त्यसपछि नेपाली जडिबुटी तथा प्राकृतिक उपचार पद्धतीबाट प्रभावकारी रुपमा उपचारको भरपर्दो आयुर्वेद उपचारमा विरामीहरु आउने क्रम बढेको कार्यालय प्रमुख बरिष्ठ कविराज निरीक्षक मानबहादुर वनेमले बताउनु भयो । उहाँले विशेषगरी नसर्ने प्रकार राोगीहरुकालागि पूर्व पञ्चकर्मसहितको उपचारले स्थानीयलाई फाइदा पुर्याएको उल्लेख गर्नुभयो ।

 

वनेमले औषधालयमा पहिले १० जनाको हाराहारीमा विरामी आउने गरेकोमा हाल जिल्लाको उर्लाबारी, रतुवामाई, पथरी, मिक्लाजुङ तथा झापाको दमक क्षेत्रका गरी ४० जनाको हाराहारीमा दैनिक विरामी आउने गरेको सुनाउनु भयो ।

 

चारजनाको दरबन्दीमा एकजनालाई उर्लाबारी क्षेत्रमा खटाएर त्यहाँको सहरी स्वास्थ्य क्लिनिकबाट समेत आयुर्वेद उपचारको विस्तारमा औषधालय लागिपरेको छ । औषधी, प्रशासनिक खर्च सहितको दर्बिलो व्यवस्थापन हुन नसक्दा सञ्चालनमा अझै सहजता नभएको प्रमुख वनेमले दर्शाउनु भयो । उहाँले भन्नुभयो ‘वार्षिक रुपमा संघबाट विद्यालय शिक्षा, ज्येष्ठ नागरिकसहित चेतनामूलक कार्यक्रम गर्न ५ लाख तथा साढे २ लाख औषधीका लागि आउने गरेको छ । त्यसमा उर्लाबारी नगरपालिकाले ८ लाख थप गरेको भएपनि दुई ठाउँबाट सेवा दिँदा सो बजेटले पनि नपुग्ने गरेको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि