अनुशीलन

झर्रो शैलीबाट नेपाली निवन्धलाई नयाँपन दिने नयाँघरे

दमक, पुस ६
साहित्यको प्रायः पहिलो लेखन कवितानै हुने गरेको अवस्थालाई उहाँले पछ्याएपनि आखिर पछि आएर उहाँ फुकेर लेख्ने विधाको निवन्धको क्षेत्रमा जम्नु भयो । निवन्धमा जम्नुमात्र होइन निवन्धलाई झर्रो शैलीबाट ग्रामिण जनजीवन उतार्ने फरकपनबाट प्रख्यात हुनुहुन्छ युवराज नयाँघरे । अर्थात युवराज सुवेदी ।

 

बिक्रम सम्बत २०२६ साल असोज १९ गते नामसालिङ, इलाममा जन्मिनु भएका उहाँका हालसम्म ११ वटा निवन्ध र ८ वटा नियात्राका पुस्तक प्रकाशित छन् । त्यसमध्ये १५ वटा त अंग्रेजी भाषामा अनुवाद भएका छन् ।

 

उहाँका निवन्धमा उखान र टुक्काको अधिक प्रयोग हुन्छ, नेपाली ठेट, झर्रो शैली भेटिनुमात्र होइन ग्रामीण जीवनको सुक्ष्म अध्ययन गरिएको हुन्छ ।
त्रिभुवन विश्वविध्यालयका वीए, वीएडका पाठ्यक्रममा उहाँका निबन्ध समावेश छन् । त्यस्तै, सुदुर पश्चिमाञ्चल विश्वविध्यालय र नेपाल संस्कृत विश्वविद्यालका स्नातक तहमा पनि निबन्धहरुले पाठ्यपुस्तकमा स्थान पाएका छन् ।

 

त्रिभुवन विश्वविध्यालयका विभिन्न क्याम्पसमा २० जना विद्यार्थीले उहाँका निबन्ध, लेखन, कृति आदिबारे शोधपत्र तयार गरिसकेका छन् । स्नातक तहसम्मको अध्ययन गर्नुभएका झापाको दमक ९ का मुलबासी उहाँ लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाएर सृजनाको खेतीमा रमाइरहनु भएको छ । उहाँले ०६५ सालमा नेपालको सर्वोच्च साहित्यिक पुरस्कार मदन पुरस्कार प्राप्त गर्नुभयो । यसका साथै शंकर लामिछाने युवा निबन्ध पुरस्कार, कलाश्री पुरस्कार, अनेसास (अमेरिका) पुरस्कार, मोती युवा पुरस्कार, भुपालमानसिंह कार्की युवा पुरस्कार, प्रतिभा पुरस्कार, उत्तम शान्ति पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार सहितका पुरस्कार प्राप्त गरिसक्नु भएकोे निकै अग्लो खुसी छ ।

 

उहाँको सबैभन्दा पहिले निवन्ध संग्रहका रुपमा ०५४ सालमा संवेदनाका स्वरहरु प्रकाशित भयो । त्यसपछि मुहर्तको वरिपरि, मखुन्डाको मन, काठमाडौलाई कोर्रा, नीलडाम, मदन पुरस्कार प्राप्त कृति एक हातको ताली, हरियो राहदानी, स्वाहा, आमिल र ०८१ सालमा आगोको बीउ प्रकाशित भएर नयाँघरेको आयतन निकै फराकिलो बनाउन सके ।

 

 

नियात्रा संग्रहका रुपमा ०६१ सालमा अनाम पहाडमा फनफनी प्रकाशित भयो । त्यसपछि घामको चुम्बन, ह्वाइट हाउसको घामपानी, डलरको डायरी, हाराबारा, औंला औंलामा अस्ट्रेलिया, तनक्खा र याकजी प्रकाशित भए ।

 

अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, सिङ्गापुर, जापान, बर्मा, कतार, बंगलादेशको समेत भ्रमण गरेर उहाँले अनुभव बटुल्दै आफ्नो लेखनीकोे ओज र आयतन फराकिलो बनाउने अवसर प्राप्त गर्नुभएको छ । उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा निवन्धलेखन यात्राका बारेमा उहाँसँग गरिएको भलाकुसारी र कविता प्रस्तुति भिडियोमा हेरौं ः

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय