पार्टी विरुद्धको षडयन्त्रलाई डटेर सामना गर्ने उद्घोष

केपी ओली अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको घोषणा

दमक, पुस ६
नेकपा एमालेका अध्यक्ष एवम् हालका प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट उहाँको गृह जिल्ला झापाको दमकमा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

एमाले निकट नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आज मोरङको बेलबारीस्थित बेतना वनभोजस्थलमा आयोजित १३ औं विस्तारित बैठकले ‘केपी ओली अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ सञ्चालनको निणर्य गरेको महासंघका प्रदेश अध्यक्ष राजकुमार थापाले जनाउनु भयो । प्रतियोगिता माघकोे तेस्रो साताबाट वा फागुनको पहिलो साताभित्रमा सुरु हुने गरी अर्को बैठकले मिति तय गरिने निणर्य भएको पनि बताउनु भयोे । महिलाहरुलाई खेलकुदमा अघि बढाउने उद्धेश्य अनुरुप हुने प्रतियोगितामा प्रदेशका ७ तथा विभागीय तथा भारत र बंगलादेशका गरी १३ टिमको सहभागिता आंकलन गर्दै त्यसका लागि आयोजक कमिटी गठनको समेत निणर्य भएकोे छ । गत वर्ष झापामै केपी ओली रोड रेस कार्यक्रमको आयोजना भएको अवस्थामा अव वर्षेनी उहाँको नामको प्रतियोगिता निरन्तर संचालन गर्ने समेत जानकारी गराइयो ।

 

साथै बैठकले, तेस्रो वर्षको कार्यकाल सञ्चालन भइरहेको प्रदेश कमिटीको अधिवेशन फागुन २१ गतेसम्ममा सम्पन्न गर्नेगरीकोे तयारीको समेत निणर्य भएको छ ।

 

बैठकमा प्रमुख अतिथिकोे हैसियतमा बोल्दै खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवम् कोशी खेलकुद विकास बोर्डका सदस्य पर्शुराम बस्नेतले प्रत्येक वर्ष केपी ओली खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारबाट समेत बजेट विनियोजन गराउन जोडदार पहल हुने बताउनु भयो । उहाँले एमालेकोे २३ वटा जनसंगठन र १० वटा महासंघीय ढाँचाका जनसंगठनमध्येमा रहेको महासंघ खेलकुदको माध्यमबाट मानिसहरुमा स्वस्थ जीवनका लागि स्फूर्ति भरेर अग्रगति दिँदैे देशको समृद्धिमा सघाउने काममा सक्रिय रहेकोे उल्लेख गर्नुभयोे । उहाँले भन्नुभयो ‘एमालेको जनताको बहुदलीय जनवादको उत्तम नीति र नेतृत्वको रक्षा गर्दै खेलकुदका क्षेत्रबाट युवाहरुलाई प्रशिक्षित गर्दै समृद्धिको अभियानमा अघि बढाउने कार्यमा हामी डटेर लाग्छौं ।’

 

बैठकमा प्रमुख वक्ताका रुपमा बोल्दै एमाले कोशी प्रदेश कमिटी अध्यक्ष एवम् पूर्व सांसद घनश्याम खतिवडाले देशको नेतृत्व गरेर समृद्धि कायम गराउने शक्ति देखेर आरिस गर्दै पार्टी विरुद्ध षडयन्त्र गर्ने तत्वहरु सल्बलाइरहेको इंकित गर्नुभयो । यस्ता कुनै पनि षडयन्त्रलाई डटेर सामना गर्नुपर्ने केन्द्रीय कार्यकर्ता भेलाले समेत निणर्य गरिसकेको अवस्थामा कोशी प्रदेशमा सशक्त ढंगबाट लाग्न निर्देशनात्मक विचार राख्नु भयो । चीनसँग भएको बीआरआई सम्झौताले देशको समृद्धिको उचाई पहिल्याउने उल्लेख गर्दै थप्नु भयो ‘विदेशी पैसा खाएर सामाजिक सञ्जालमार्फत दिमाग भुट्न प्रयोगभएकाहरुका विरुद्ध डटेर लागौं । अनि दह्रो एमाले, राम्रो एमाले, हाम्रो एमाले बनाऔं ।’

 

बुद्धिजीवि परिषदका कोशी उपाध्यक्ष उत्तम भट्टराईसहितले शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले फलेको बृक्ष भएकाले अरुले झट्टि हान्न खोजेको उल्लेख गर्दै फल जोगाउन लाग्नु पर्ने विचार राख्नु भयो ।

 

वनभोजसहितको बैठकमा खेलकुद महासंघका केन्द्रीय सचिव विप्लव घोष र सन्तोष वान्तवा, महासंघ महिला विभाग प्रमुख थलु राजभण्डारी, महासंघ केन्द्रीय सचिवालय सदस्य सुरेश कार्की, एमाले कोशी सदस्य एवम् खेलकुद महासंघ कोशीका इञ्चार्ज योगेश बस्नेत, महासंघ लेखा आयोग प्रमुख शम्भू पौडेल, महासंघ स्थायी कमिटी सदस्य रोहित कोइरालालगायतको आतिथ्यता रहेको थियो । बैठकमा पार्टी र महासंघको प्रदेश अन्तर्गतका जिल्ला र पालिका तहका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । सो कार्यक्रममा प्रदेश कमिटीमा मनोनित भएकाहरुको सपथ ग्रहण समेत गराइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चौतर्फी आलोचनापछी थप्यो नेपाली सेनाले जनशक्ति

काठमाडौं,१२ भदौ । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एकैपटक फेरियो जिम्मेवारी

रौतहट, १२ भदौ । मधेश प्रदेश सरकारले एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयले लेखा अधिकृत तथा

रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

ताप्लेजुङ,१२ भदौ । त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै

ड्याम फुटेपछि भोटेकोशीमा बाढीको जोखिम, तटीय क्षेत्र खाली गरिँदै

नुवाकोट,१२ भदौ । तिब्बततर्फको ड्याम फुटेर भोटेकोशीमा पानीको बहाव बढ्न थालेपछि नुवाकोट र रसुवामा उच्च सतर्कता अपनाइएको छ ।बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक राहत कोषमा

काठमाडौं ,१२ भदौ। सरकारले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने

रसुवा बाढीपछि अस्पतालहरूमा बेपत्ताको खोजी र आफन्तको भीड

काठमाडौँ , १२ भदौ । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू काठमाडौँका अस्पताल धाइरहेका छन् । महाराजगन्जस्थित त्रिवि