उज्यालो संवाद

‘शान्ति, सद्भाव र धार्मिक सहिष्णुता बढाउन ‘क्रिसमस डे’ ले मद्धत गर्छ’

दमक, पुस ६
इसाई धर्मावलम्बीहरुले मनाउने क्रिसमस डे मनाउने तयारी यो बेला भइरहेको छ । क्रिश्चिन धर्मावलम्बीले विश्वभर डिसेम्बर २५ का दिन पर्ने क्रिसमस डे मनाउने तयारी गरिरहेका छन् । सो अवसरमा दमकमा रहेका इसाई धर्मावलम्बीहरुले इसाई समाजमार्फत आइतबार (भोलि ) दमकमा र्याली निकालेर सभाको आयोजना गर्दै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेका छन् ।

 

क्रिसमस डे को कार्यक्रमको तयारीका सम्बन्धमा उज्जालो खबरको ‘उज्यालो संवाद’ कार्यक्रममा इसाई समाज कोशी प्रदेशका सल्लाहकार, अन्तरधार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष, दमक नगर इसाई समाजका सल्लाहकार, दमक २ स्थित गुड न्यूज चर्चका पास्टर एवम् सामाजिक अभियन्ता राजकुमार नाछिरिङ राईसँगको कुराकानी प्रस्तुत गरिएको छ ।

 

इसाई धर्मका प्रवद्र्धक यशु ख्रिष्टको जन्मदिवसका रुपमा मनाइने क्रिसमस डे को कार्यक्रमले समाजमा शान्ति, धार्मिक सहिष्णुता, सद्भाव बढाउन मद्धत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । असल काममात्र गरौं भन्ने यसको मूलमर्मले देशमा असल काम गरेर समृद्धि पहिल्याउने काममा मद्धत पुग्ने उहाँको विचार छ । हेरौं उहाँसँगको संवादको यो भिडियो ः

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ