ज्येष्ठ नागरिकमाथिको अन्याय

छोरीबाटै जग्गा हडपिएपछि ८० वर्षीय मावोको गाँस न बासको अवस्था

दमक, पुस १०
दक्षिणी इलामको चुलाचुली गाउँपालिका २ अर्नाखाडीका ८० वर्षीय दिलबहादुर मावोको अहिले न खानको टुंगो छ, न बस्नकै । आफूसँग भएको जायजेथा समेत हडपिनु मात्र होइन त्यो उमेरमा सहारा दिने समेत नभएपछि कस्ले कहाँ सहारा दिन्छन्, त्यसकै आसमा बस्नुपर्ने अवस्था भयो ।

 

विवाह भएर गएकी छोरी जशोदाले दिलबहादुरको ११ कठ्‌ठा ८ धुर जग्गामध्ये ५ कठ्‌ठा १४ धुर जग्गा जालसाँझ गरेर हडपेको र बाँकी रहेको जग्गामा समेत अलग बस्दै आएकी श्रीमती जालकुमारी मावोले अंश मुद्धा हालेपछि थला परेका दिलबहादुरको बिजोक अवस्थाको श्रृंखला झन बढ्‌यो । उहाँको कान नसुन्ने र बोल्न पनि नसक्ने अवस्था छ । घर मक्किएर बस्ने अवस्था छैन । अरुको सहारामा डोहोरिएर मुस्किलले पाइला सार्ने दिलबहादुरलाई के खाने र कस्को सहारामा बाँच्ने भन्ने समस्याले बिजोक अवस्था छ । त्यो अवस्थामा छोरी जशोदाले सुनको औंठी दिए झैं गरेर पित्तलको औंठी दिएर आस्वस्त पार्दै ४ लाख ७० हजार रुपैयाँ दिने र घर पनि बनाइदिने नाममा जालसाँझ गरेर जग्गा हडपेको मावो समाजका अगुवाहरुमार्फत आज दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । त्यसक्रममा मावो समाजका केन्द्रीय कोषाध्यक्ष लाखबहादुर मावोले भन्नुभयो ‘छोरीले जग्गा घडपेको छ । घर बस्ने अवस्थाकै छैन । खान र स्याहार को को आफन्तबाट पालैपालो भइराको छ । यस्तो अवस्थाको मान्छेको जग्गा तुरुन्त फिर्ता हुनुपर्छ ।’

 

दिलबहादुरको बिजोक अवस्था देखेर मावो बन्धुहरुले कहिले कस्को त कहिले कस्को घरमा लगेर खान दिने र हेरचार गर्ने गर्दै आएका छन् । भतिज पूर्णबहादुरले यसअघि उपचार गराएर सहयोग पुर्‌याउनु भयो । उहाँकै अगुवाईमा पत्रकार सम्मेलन पनि गराइयो । यसक्रममा यतिबेला दिलबहादुर झापाको कमलस्थित केर्खाका नगेन्द्र मावोको घरमा हुनुहुन्छ । उहाँलाई आफ्‌नो के समस्या हो भनेर सञ्चारकर्मीले सोध्दा बोल्न समेत सक्ने अवस्था रहेन र उहाँको सहाराका रुपमा नजिक बस्नु भएका लाखबहादुर मावोले यथार्थ कुरा दर्शाउनु पर्‌यो ।

 

उहाँको सर्वस्व सहाराका रुपमा रहेका एक छोरा हर्कबहादुरको समेत दुर्घटनामा निधन भएपछि बिजोग अवस्था भित्रिदै गयो । हर्ककी श्रीमती विदेशमा दुःखजिलोे गर्दै गरेको अवस्था छ । दुई नातिनीहरु समेत अलपत्र अवस्थामा पुगे । हजुरबुबाको बिजोक र परिवार नै तहसनहस भएपछि जेठी नातिनी पूर्णिमा मावोले हजुरआमाको मुद्धाको प्रतिवादमा हडपेको जग्गा फिर्ताका लागि मुद्धा दायर गरेको अवस्था छ ।

 

७० वर्ष कटेका ज्येष्ठको नामको जग्गा बेच्न कानुनले सहजता प्रदान नगरेको अवस्थामा झुक्याएर जग्गा बेच्नु ज्येष्ठ नागरिकमाथि ठूलो अन्याय भएको झापाका अभिवक्ता नरबहादुर लिङ्‌देनको समेत ठहर छ । त्यो अवस्था बुझेर लिङ्‌देनले दिलबहादुरको पक्षमा वकालतको जिम्मा लिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय