दमक, पुस ११
नेपालले वैदेशिक लगानी भित्र्याई समुद्रसम्म पानीजहाज चलाउनसक्ने परिकल्पनासहितको विधेयक संसदमा प्रस्तुत गरेको छ।राष्ट्रियसभामा दर्ता भएको विधेयक आन्तरिक र बाह्य जलमार्गमा पानीजहाज चलाउन सक्ने गरी तर्जुमा गरिएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हिउँदे अधिवेशनमा छलफल हुने गरी विधेयक दर्ता दर्ता गराउनु भएको छ ।। नेपालमा दर्ता भएको प्रत्येक व्यापारिक पानीजहाजमा नेपाली झण्डा राख्नुपर्ने अनिवार्य व्यवस्था प्रस्तावित कानुनमा गरिएको छ।
नेपालमा दर्ता भएका पानीजहाजलाई नेपालबाहिर सञ्चालन हुन नेपाली राष्ट्रियता प्राप्त हुनेछ। त्यसका लागि विदेशस्थित नेपाली कूटनीतिक नियोगले नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गर्न सक्नेछन् ।
नेपालका नदीमा पानीजहाज सञ्चालन गर्नेले ४९ र विदेशी जलमार्ग प्रयोग गर्नेले ८० प्रतिशतसम्म विदेशी लगानी गर्नसक्नेछन् ।