पानीजहाजमा नेपाली झण्डा राख्नुपर्ने अनिवार्य व्यवस्था

नेपालमा वैदेशिक लगानी, नदीमार्फत सोझै समुद्र जोड्ने परिकल्पना, कसरी सम्भव ?

दमक, पुस ११
नेपालले वैदेशिक लगानी भित्र्याई समुद्रसम्म पानीजहाज चलाउनसक्ने परिकल्पनासहितको विधेयक संसदमा प्रस्तुत गरेको छ।राष्ट्रियसभामा दर्ता भएको विधेयक आन्तरिक र बाह्य जलमार्गमा पानीजहाज चलाउन सक्ने गरी तर्जुमा गरिएको हो।

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हिउँदे अधिवेशनमा छलफल हुने गरी विधेयक दर्ता दर्ता गराउनु भएको छ ।।  नेपालमा दर्ता भएको प्रत्येक व्यापारिक पानीजहाजमा नेपाली झण्डा राख्नुपर्ने अनिवार्य व्यवस्था प्रस्तावित कानुनमा गरिएको छ।

 

नेपालमा दर्ता भएका पानीजहाजलाई नेपालबाहिर सञ्चालन हुन नेपाली राष्ट्रियता प्राप्त हुनेछ। त्यसका लागि विदेशस्थित नेपाली कूटनीतिक नियोगले नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गर्न सक्नेछन् ।

 

नेपालका नदीमा पानीजहाज सञ्चालन गर्नेले ४९ र विदेशी जलमार्ग प्रयोग गर्नेले ८० प्रतिशतसम्म विदेशी लगानी गर्नसक्नेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो