दमक, पुष ११
रूसले २०२५ मा सार्वजनिक प्रयोगको लक्ष्यसहित एमआरएनए क्यान्सर खोप विकासको घोषणा गरेको छ।
प्रारम्भिक क्लिनिकल परीक्षणहरूले ट्युमरको वृद्धि रोक्न र मेटास्टेसिस (क्यान्सरको फैलावट) कम गर्न सक्ने देखाएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको समावेशले व्यक्तिगत खोप निर्माणलाई एक घण्टाभित्र सम्पन्न गर्न सक्नेछ, जसले हालको लामो प्रक्रिया उल्लेखनीय रूपमा घटाएको समाचारमाहरुमा उल्लेख गरिएको छ। खोप प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर क्यान्सर कोषहरू लक्षित गरी नष्ट गर्न सक्षम बनाउनेतर्फ केन्द्रीत छ।
यो शताब्दीको खोजको रूपमा, रूसी सरकारले आफ्नो क्यान्सर खोप विकास गरेको जनाएको छ।
खोप २०२५ को सुरुमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक आन्द्रेइ कप्रिन अनुसार यो एमआरएनए खोप सुरुवातमा बिरामीहरूलाई निशुल्क वितरण गरिनेछ।