सुनाखरी माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

पथरी, पुस १२
देश विदेशमा रहनेहरुको आर्थिक सहयोगमा मोरङको पथरी शनिश्चरे वडा नम्बर १ स्थित सुनाखरी माध्यमिक विद्यालयद्वारा जाडोबाट बच्न न्यानो कपडा वितरण गरेको छ ।
शुक्रबार दिउँसो विद्यालयको प्राङ्गणमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण भएको हो ।

 

वडा नम्बर १ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा १६० जना विद्यार्थीलाई जाडोमा लगाउने ऊनीको स्वीटर, टोपी, ट्राउजर, मोजाकासाथै बिस्कुट र चकलेट समेत वितरण गरिएको थियो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा देश विदेशमा रहनुभएका नेपाली सहयोगी मनहरूले आर्थिक सहयोग प्रदान गरेको विद्यालयकी प्रधानाध्यापक भूमिकादेवी मगरले बताउनुभयो । सो अवसरमा दाताका तर्फबाट ईश्वर मास्केका साथै त्यहाँका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

 

न्यानो  कपडा वितरणका लागि हाल अमेरिका बस्दै आउनु भएका मेनुका –विनोद राई, युवराज राई , रियान विक, धन लिम्बु, कृष्ण तामाङ, सुशिला सम्बाहाम्फे, वडा नम्बर १ का मनोज अग्रवाल, जीवन चेम्जोङ, लगायतले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०