‘अनुशीलन’

नेपाली भाषा- साहित्यको मायामा हुरुक्कै सिक्किमेली यावा

दमक, पुस १३
भाषा, साहित्य र संस्कृति भन्ने चिज समुदाय अनि देशकै समग्र पहिचान हो । आफ्‌नो देश छोडेर अन्यत्र बसेको अवस्थामा यो झनै बढी मायालू बन्छ । नेपालीभाषीहरु जहाँ जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ आफ्‌नोपन झल्काउने यस्ता निधिहरु अझ जीवन्त राख्ने प्रयत्न बढी देखिन्छ । यस्तै मेसोमा हुनुहुन्छ भारतको सिक्किमका नेपालीभाषी पत्रकार एवम् साहित्यकार अर्जुन चामलिङ ‘यावा’ अर्थात अर्जुन राई ।

 

सन् १९८१ मे २८ मा पूर्वी सिक्किमको राङ्का बरबिङ गोर्खे डाँड़ामा हाल स्वर्गीय भइसक्नु भएका जीवन राई र शीला राईको सन्तानका रुपमा यो धर्तीमा पदार्पण गनु भएका अर्जुन विगत १७ वर्षदेखि पत्रकारिता क्षेत्रमा व्यवसायिक रुपले आवद्ध हुनुहुन्छ । उहाँ सिक्किमबाट प्रकाशित नेपाली भाषाको ‘हिमालीबेला’ दैनिककमा सहसम्पादक रहेर क्रियाशील हुनुहुन्छ ।

 

पत्रकारितामा आउनु अघि साहित्यतर्फको अभिरुचि रहेका भावुक र मृदृभाषी अर्जुनले आफ्‌नो पहिचानको मूलभाषाका रुपमा रहेको नेपालीभाषाको संरक्षणमा अझ जुट्ने मनसाय अघि बढाउँदै जानुभयो । फलस्वरुप उहाँले नेपाली भाषा विषयमा स्नातकोत्तर गर्नुभयो ।

 

अलि बढी कथामा रुची भएका उहाँले हालसम्म ७ वटा कृति प्रकाशित गरिसक्नु भएको छ । सन् २००५ मा आफ्‌नो पहिलो कृतिका रुपमा कथासंग्रह ‘अस्तित्व’ प्रकाशित गरी मानवको अस्तित्व वोध गराउने प्रयत्न गर्नुभयो । त्यसपछि समीक्षात्मक टिपोटहरुको संग्रह ‘अवलोकन’, जीवनीपरक लेख संग्रह ‘बितेका कुराहरु : आमा पापा र रांकाको सेरोफेरो’, बालचित्रकथा ‘भनेको सुन्नुपर्छ’ , यात्रा संस्मरण कृति ‘अनुभूति’, अन्तर्वार्तासंग्रह ‘अभिव्यक्ति’ र कथा संग्रह ‘अनुहार’ प्रकाशित भए । सिक्किमेली नेपाली गजलसहितका कृतिहरु सम्पादन समेत गर्नुभएको छ ।

 

नेपाली साहित्य परिषद, सिक्किम, अभियान साहित्य समिति राङ्का, हिन्दी साहित्य सेवा समिति, सिक्किम, प्रेस क्लब अफ सिक्किम, सिक्किम प्रेस एसोसिएशन, नेपालको त्रिफला राष्ट्रीय पुस्तकालय, धुलाबारीसहितमा उहाँको संलग्नता छ ।

 

अखण्ड गहमर हिंदी मैत्री सम्मान (गाजीपुर उत्तर प्रदेश –२०१६), सृजन कला सम्मान (पूर्वोत्तर हिंदी साहित्य अकादमी, असम–२०१७), लगनशील युवा पत्रकार सम्मान (प्रेस क्लब अफ सिक्किम –२०१८), हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान (चितवन नेपाल–२०१८), साहित्य सम्मेलन शताब्दी सम्मान (पटना बिहार –२०१९), द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार (प्रगतिशील विद्यार्थी साहित्य संघ, सिक्किम– २०२१), स्व. हरिनारायण एवं विष्णुमाया श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार (बुट्टाबारी झापा –२०२४), रायबहादुर चन्द स्मृति पत्रकारिता सम्मान (दार्चुला २०२४) सहितबाट उहाँ सम्मानित र पुरस्कृत भएर मुलतः नेपालीभाषाको संरक्षण र सम्वद्र्धनमा अनवरतरुपमा अर्थपूर्ण ढंगले लागिपरिरहनु भएको छ ।

 

उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा सिक्किममा नेपालीभाषी पत्रपत्रिका प्रकाशनको इतिहाँस, त्यहाँको साहित्यिक गतिविधिमा केन्द्रित भएर उहाँसँगको भलाकुसारी र कविता प्रस्तुति यो भिडियोमा प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय