निरोजलाई पराजित गर्दै दमक जेसीजको अध्यक्षमा सहदेव

दमक, पुष १४
दमक जेसीजको अध्यक्षमा दमक ५ निवासी सहदेव भट्टराई निर्वाचित बन्नु भएको छ ।

दमक जेसीज वर्ष २०२५ कालागि उहाँले निरज आचार्यलाई पराजित गर्दै निर्वाचित बन्नु भएको हो ।

 

दमक जेसीजको नयाँ नेतृत्व चयनका लागि ४४ औं बार्षिक साधारण सभा अन्तर्गत आइतबार भएको निर्वाचनमा

निर्वाचनमा भट्टराई ५९ मत प्राप्त गर्दै विजयी हुनुभयो भने आचार्यले ४२ मत प्राप्त गरि उपबिजेता बन्नु भयो ।

 

दमक जेसीजले पूर्व अध्यक्ष सञ्जीब बरालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । समितिले दुई जना कार्यकारिणी उपाध्यक्षमा रुवल अधिकारी र पुजन चौधरी निर्विरोध निर्वाचित भएपछि अध्यक्षसहित चार उपाध्यक्षका लागि निर्वाचन गरेको थियो ।

चार उपाध्यक्षहरुमा सरिता बराल, निसम अधिकारी, धर्म ढुंगाना र सुमन कुमाल बिजयी हुनुभएको छ ।

 

त्यसैगरी जनसम्पर्क अधिकारीमा विशाल अधिकारी र तालिम निर्देशकमा कृष्ण भट्टराई निर्विरोध निर्वाचित बन्नु भएको निर्वाचन समितिले जनाएको छ ।

जेसीज विधान अनुसार महासचिव पदसहित अन्य विभिन्न पदमा मनोनित गरेर बर्ष २०२५ को टिमलाई पूर्णता दिइनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमनदी भत्किँदा आएको बाढी, जोखिम अझै कायमै

२६ अगस्टमा लाङटाङ केरुङ क्षेत्रबाट हिउँ, चट्टान, माटो र गेग्रान खस्दै ल्हेन्दे खोलामा मिसिएपछि भोटेकोशी हुँदै त्रिशूलीमा विनाशकारी बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ।  

‘सँगै घर जाउँला भनेको भाइ बाढीमा बेपत्ता भयो’— भावुक बन्दै प्रहरी दाजु सुरेन्द्र

काठमाडौं , १३ भदौ। रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता हुनु भएको छ। नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि

शिक्षक मृत्यु, कुटपिट गरी हत्या गरिएको परिवारको आरोप

भोजपुर ,१४ भदौ । भोजपुरको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको छ। धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको

भोटेकोशी–त्रिशूलीमा शव व्यवस्थापन र दुर्गन्ध गम्भीर चुनौती देखीएको छ : आङ्देम्बे

काठमाडौं,१३ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर

७३५ वटा शव फेला,२५ प्रहरी सम्पर्कविहीन, उद्धारमा ७ हजार बढी प्रहरी

काठमाडौं,१४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार