ग्लोरी र द व्यूटीको देशको सिकाई, विदेशमा समेत रोजगार

दमक, पुस १९
अहिले पनि व्यवसायमा मन्दी नै छ । व्यवसाय चलायमान भएको अवस्थामा पनि कुन व्यवसाय के कसरी चल्ला भन्ने अनुमान गर्न गाह्रो पर्छ ।
विभिन्न व्यवसाय गरेर हैरान बनेका व्यवसायीमध्येमा पर्नुहुन्छ दमक ६ की गीता लिम्बू । उहाँले कस्मेटिक, कोल्ड सेन्टर, किराना पसल गरेर पनि आर्थिक हिसाबले व्यवसायिक प्रवद्र्धन हुन सकेन । त्यसपछि उहाँले सबै समय चल्ने व्यवसाय के हुनसक्ला भन्ने सोच्दा उहाँका लागि व्यूटिपार्लर व्यवसाय उपयुक्त होला भन्ने लाग्यो र पार्लर सिकेर व्यवसाय थालेपछि भनें खासै व्यवसायिक चिन्ता हुन छाडेको छ । अर्थात उहाँले दमक ६ स्थित नयाँ सब्जीबजारको आइओएम कार्यालय उत्तरमा अहिले २ वटा पार्लर सञ्चालन गरेर आफूलाई त्यसैमा समर्पित गराउनु भएको छ ।
विगत ४ वर्षदेखि ग्लोरी व्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याउनु भएकी गीताले त्यही भवनसँगै जोडिएको अगाडिपट्टि रहेको ठाउँमा २०८१ को मंसिर १९ बाट द व्यूटी वर्ल्ड नामक पार्लर समेत जोडेर सञ्चालनमा ल्याएपछि सो क्षेत्र पार्लरको रमितलाग्दो स्थल बन्न पुगेको छ । आफूले यसअघि दमक र काठमाडौंमा पार्लर सिकेको सुनाउँदै उहाँले अरुको पार्लरमा समेत काम गरेर ११ वर्षको अनुभव अनि सीटीइभीटीबाट लेभल २ को तालिम सकेपछि आफू आफ्‌नै पसल सञ्चालनमा दर्बिलो रुपमा अघि बढेको बेलिबिस्तार लगाउनु भयो ।
अहिले उहाँकोमा पार्लर सिक्नेहरुको भीडभाड छ । त्यहाँ पार्लर सिकेर विदेश जान चाहनेहरु पनि उत्तिकै छन् । त्यहाँ सिकेर विदेशमा अरु रोजगार भएको बुझेर आफु पार्लर सिक्न आएको प्रशिक्षार्थीहरु सरु घिमिरे र दीपा गौतमको प्रतिक्रिया छ ।
नेपालको र विदेशको साजसज्जाको तरिकामा फरक पर्छ । त्यस हिसावले कुवेतमा पार्लरको काम गरेर त्यताको तरिका सिकाउनका लागि दमक २ की सिर्जना भट्टराई सो पार्लरमा प्रशिक्षकका रुपमा रहनु भएपछि त्यहाँ विदेश जाने इच्छामा पार्लर सिक्न आउनेहरुलाई सजिलो भएको छ ।
विदेश जान इच्छुकहरुको सिकाईको रोजाईकोथलो बन्दै आएका ती पार्लरमा अझ छुटको व्यवस्था भएको प्रचार प्रसारले पनि टाढा टाढादेखि त्यहाँ सिक्न आउने गरेका छन् । छुटका साथै वर्षमा एक पटक १० दिनको फ्रि कोर्ष अनि वर्षमा आर्थिक विपन्न १० जनालाई निःशुल्क सिकाउने योजनाले पनि सिक्नेहरुलाई राहत पुगेको पार्लरकी प्रोप्राइटर गीता लिम्बूको भनाई छ ।
हाल जम्मा ७ वटा भाडाका सटरमा पार्लर सञ्चालन भइरहेको छ । ३ देखि ६ महिनासम्मको डिप्लोमा कोर्षकालागि गीताले प्रशिक्षकसहितका ५ जना सहयोगी राख्नु भएको छ । द व्यूटी वर्ल्डमा १३ लाख र ग्लोरीमा समेत गरी ३५ लाख हाराहारीको लगानी गरेर त्यसैबाट आर्थिक भविष्य व्यवस्थापनमा गीताको दिनचर्चा चलिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय