दमकलाई बालमैत्री नगर घोषणाको तयारी

पर्यावरणमैत्री हस्तकला एवम् कविता प्रतियोगिता

दमक, पुस १९
दमक नगरपालिकाको ५ नम्बर वडा कार्यालयको सहयोग र समन्वयमा वडा बाल सञ्जाल दमक ५ ले शुक्रबार पर्यावरणमैत्री हस्तकला एवम् कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

 

स्थानीय दीपिनी आधारभूत विद्यालयमा आयोजित कार्यक्रम अन्तर्गत कविता प्रतियोगितातर्फ सरस्वती माविका कक्षा ९ का बसन्त चापागाईं प्रथम, सूर्योदय बोर्डिङका इशान केरुङ द्वितीय, कर्नरस्टोन फाउण्डेशनकी संस्कृति थापा तृतीय र झापा मोडल स्कुलका स्मिथ पराजुलीले सान्त्वना स्थान हाँसिल गरी पुरस्कृत बन्नु भयो ।
हस्तकलातर्फ, प्रजिता एजुकेशनल एकाडेमीका शिखा राई र पविना योङहाङ प्रथम, सूर्यादय सेकेन्डरी स्कुलकी सुरुची चौधरी र अस्मिता चौधरी द्वितीय, कर्नरस्टोन फाउण्डेशनका सादोक लिम्बू र सृष्टि आङथुपो तृतीय तथा लालिगुराँस इङ्गलिस बोर्डिङ स्कुलका पिन्स लिम्बू र लिजा लिम्बूले सान्त्वन स्थान प्राप्त गर्नुभयो । ५ नम्बर वडाध्यक्ष इन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरका १७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

 

नगरको पहिलो बालमैत्री वडाका रुपमा रहेको ५ नम्बर वडामा बालबालिकाको क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्न वडा कार्यालय लागिपरेको वडा सदस्य खड्गबहादुर राईले जनाउनु भयो ।

 

नगर बाल सञ्जाल तथा ५ नम्बर वडा बाल सञ्जालका अध्यक्ष प्रिवेश श्रेष्ठले भर्खरै घोषणा भएको ५ नम्बर वडा बालमैत्रीपूर्ण अवस्थालाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको धारणा राख्नुभयो ।

 

कार्यक्रमका सन्दर्भमा नगर बाल सञ्जालकी पूर्व अध्यक्ष आकृति बस्नेतले अब बालबालिकाको हकहित सहितका सृजनात्मक गतिविधि गरेर समग्र दमकलाई नै बालमैत्री नगर घोषणा गराउन लागिपरेको बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय