दमकमा - काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिभल

फिल्म फेस्टिभलमा ११ चलचित्रसहित ‘सिनेमामा संघीयता’ को बहस

दमक, पुस १९
झापाको दमकमा रहेर पूर्वमै रंगमञ्च क्षेत्रमा क्रियाशील कदर थिएटरमा आउँदो माघ ५ र ६ गते हुने ‘काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिभल’ (किम्फ) मा ‘सिनेमामा संघीयता’ लगायतका विषयमा अन्तरक्रिया समेत हुने भएको छ ।

 

शुक्रबार कदम थिएटरले फेस्टिभलका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कार्यक्रममा थिएटरका अध्यक्ष एवम् प्रसिद्ध चलचित्र कलाकार हेमन्त बुढाथोकीले घुम्ती महोत्सवका रुपमा चलचित्र प्रदर्शनसहितका कार्यक्रमका बारेमा जानकारी गराउनु भयो । उहाँले सो महोत्सवले पूर्वकै कलासाहित्यको उन्नयनमा एउटा इँटा थप्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।

 

यहि पुस २८ गतेबाट कदम थिएटर आफ्नो ८ वर्ष पुरा गरेर नवौ वर्ष प्रवेशको यात्रा तय गर्दैगर्दा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने अवसर पाएकोमा कला निर्देशक सिजन दाहालले खुसी व्यक्त गर्नुभएको छ । उहाँले ‘सिनेमामा संघीयता’ सहित २ दिनमा २ वटा प्यानल डिस्कसन हुने जानकारी गराउनु भयो । अर्कातर्फ कला र सन्देशपक्षले भरिपूर्ण नेपालीसहित विदेशी चलचित्रहरु हेर्न र त्यसबाट सिक्न पाउँनु मोफसलका लागि ठूलो अवसर भएको बताउनु भएको छ ।

 

फेस्टिभलमा साँस्कृतिक प्रदर्शनीसहित ११ वटा ठूला साना चलचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा पहिलो दिन स्थानीय तहमा दलितको प्रतिनिधित्वको अनुभव बारेमा अन्तरक्रिया हुनेछ । चलचित्र प्रदर्शनका हिसाबले सो दिन नान्सीको निर्देशनको ‘पासाङ इन द स्याडो अफ एभरेष्ट’, अनिल कुर्मीको निर्देशनको ‘फेरा’, विज्ञान सापकोटाको निर्देशनको ‘गणेश एलिफस मेक्सिमम’, विकास न्यौपानेको ‘लक्ष्मनीया’, प्रान्नि लिम्बू निर्देशित ‘उर्मी’ प्रदर्शन हुनेछ । त्यस्तै, दोस्रो दिन सिनेमामा संघीयता विषयमा अन्तरक्रियाका साथै आकांक्षा कार्कीले निर्देशन गरेको ‘सनही’, सरला थापा निर्देशित ‘ब्रिटेनका एक्का गोर्खाहरु’, सफल पाण्डे निर्देशित ‘अर्केष्टा’, किरण श्रेष्ठको ‘एट अनोदर विन्टर’, ऐश्वर्य बैदारको ‘ह्वेयर वाटर हाइसेन्थ ग्रो’ र एलेन जिस्पोनरको ‘हाइडी’ प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका

सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी