भौतिक योजना मन्त्रीले भन्नु भयो ‘बढी भार भएका साधनको जाँच कडा बनाउनु ’

काठमाडौ, पुस २६
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा पुल भाँचिँदा सवारी आवागमन बन्द भएपछि बढी भार भएका सवारीसाधनको जाँच कडा बनाउन निर्देशन दिनु भएको छ ।

 

साथै उहाँले दुम्कीबासको यातायात तुरुन्तै सञ्चालनमा ल्याउन सडक विभागलाई कडा निर्देशन समेत दिनु भएको छ।

 

शुक्रबार साँझ दुम्कीबासमा पुल भाँचिएका कारण अवरुद्ध हुन पुगेको यातायात लाई डाइभर्सन निर्माण गरी अविलम्ब सञ्चालनमा उहाँको निर्देशन भएको हो ।
उक्त स्थानमा अस्थायी व्यवस्था गरेर भए पनि सडक खुलाउन मन्त्री दाहालले निर्देशन दिनु भएको हो ।

 

मन्त्री दहालले प्रहरी तथा अन्य निकायहरूसँग समेत समन्वय गरी सवारीसाधन रोकिने अवस्था आउन नदिन विभागलाई निर्देशन दिनु भएको उहाँको सचिवालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत