सडक अवरुद्ध गरेर समस्याको समाधान हुँदैन : सभामुख घिमिरे

बिर्तामोड, पुष २६
सभामुख देवराज घिमिरेले सडक अवरोध गरेर आन्दोलन गर्दा मात्रै अपेक्षाकृत परिणाम ननिस्किने बताउनुभएको छ । बिर्तामोड–भद्रपुर सडक खण्ड वरपरका बासिन्दाले सडक अवरुद्ध पारेर गरेको आन्दोलनप्रति लक्षित गर्दै सभामुख घिमिरेले यस्तो टिप्पणी गर्नुभएको हो ।

सहिद नेत्र पार्कमा सुक्रबार साँझ सरोकारवालासँग छलफल गर्दै सभामुख घिमिरेले आन्दोलन गर्दा जनताले मात्रै दुःख पाउने बताउनुभयो ‘ठेकेदारले भुक्तानी नपाएका कारण सडक निर्माणले गति लिन नसकेको विषयमा मलाई पूर्ण जानकारी छ’, सभामुख घिमिरेले भन्नुभयो, ‘ढिलो छिटो भुक्तानी हुन्छ, काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’ सरकारी ढिकुटीमा पर्याप्त पैसा हुञ्जेल ठेकेदारले काम नगरेको जनाउँदै सभामुख घिमिरेले फेरि म्याद थप्ने बेला भएको बताउनुभयो ।

 

बिर्तामोड भद्रपुर सडकखण्ड निर्माण गरिरहेको ठेकेदार कम्पनीले पहिलेको एक करोड २० लाख र अहिलेको ४ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । भुक्तानी नपाएको भन्दै सडक निर्माणको काम अघि नबढाएपछि स्थानीय क्षेत्रका बासिन्दा नियमित धुलोका कारण आजित बनेका छन् ।

 

पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सरोकारवालाले चासो नदिएको जनाउँदै उनीहरूले तीन दिन अघि सडक अवरुद्ध गरेका थिए ।

 

वडाध्यक्ष अविरल कृष्ण खरेलले सभामुखमार्फत निर्माणधीन सडकका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । स्थानीयको तर्फबाट खरेलले बजेटको व्यवस्थापन मिलाइदिन सभामुखलाई आग्रह पनि गर्नुभएको छ ।

 

छलफलमा सभामुख घिमिरेले सौर्य ऊर्जामा आधारित विद्युतीय तारबारको संरक्षण गर्न सके हात्ती नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै यसलाई विस्तार गर्ने सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

 

वडाध्यक्ष खरेलले नेत्र पार्कको विकासका लागि कतैबाट बजेट उपलब्ध नभएको जनाउँदै सभामुखको ध्यानाकर्षण गराउनुभयो । नेत्रपार्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने स्थानीयको योजना सुनाउँदै वडाध्यक्ष खरेलले प्रवेशद्वारमा रहेको काठे पुल विस्थापित गरी नयाँ पुल बनाउने वातावरण मिलाउन समेत आग्रह गरिएको बताउनुभयो ।

 

छलफलमा प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री एकराज कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई लगायतको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत