डीपीएल दमकको अध्यक्षमा तिम्सिना

दमक , पुष २७
डाईनामिक पब्लिक लाईब्रेरी दमक साखाको अध्यक्षमा आश्विन तिम्सिना चयन हुनु भएको छ ।

 

दमक नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको दशौ साधारणसभाले तिम्सिनालाई अध्यक्षमा चयन गर्दै १४ सदस्यीय नया कार्यसमिती चयन गरेको हो ।

 

जसको वरिष्ठ उपाध्यक्षमा पूर्णिमा तिम्सिनालाई चयन गरिएको छ भने महासचिवमा पर्वत बस्नेत चयन हुनुभएको छ ।

 

डीपीएल नेपालका सस्थापक भेषराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले उपाध्यक्षहरुमा  तुषार थापा, वर्षा निरौला, अर्जुन निरौला र खस्बु अन्सारी चयन गरेको छ ।

 

डीपीएलको नव निर्वाचित अध्यक्ष अनिता भण्डारी लगायत अन्य पदाधिकारीको समेतको उपस्थितिमा सम्पन्न सभाले कोषाध्यक्षमा दिप नेम्वाङ्ग लाई चयन गर्दै निर्देशकहरुमा क्रमश सिता आचार्य, सुमन निरौला र सुजन बिष्टलाई चयन गरेको छ ।

 

यसै गरि भरतमणि न्यौपाने, सरोज आचार्य र अनिल कोइरालालाई सदस्यमा चयन गरिएको डिपिएल नेपालका उपाध्यक्ष कमल गैरेले जानकारी दिनुभयो ।

युवा वर्गमा पठन संस्कृतिको विकास गराउने उदेश्यले डीपीएलले देशका विभिन्न सहरमा नगर स्तरीय कमिटीहरु गठन गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत