डीपीएल दमकको अध्यक्षमा तिम्सिना

दमक , पुष २७
डाईनामिक पब्लिक लाईब्रेरी दमक साखाको अध्यक्षमा आश्विन तिम्सिना चयन हुनु भएको छ ।

 

दमक नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको दशौ साधारणसभाले तिम्सिनालाई अध्यक्षमा चयन गर्दै १४ सदस्यीय नया कार्यसमिती चयन गरेको हो ।

 

जसको वरिष्ठ उपाध्यक्षमा पूर्णिमा तिम्सिनालाई चयन गरिएको छ भने महासचिवमा पर्वत बस्नेत चयन हुनुभएको छ ।

 

डीपीएल नेपालका सस्थापक भेषराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले उपाध्यक्षहरुमा  तुषार थापा, वर्षा निरौला, अर्जुन निरौला र खस्बु अन्सारी चयन गरेको छ ।

 

डीपीएलको नव निर्वाचित अध्यक्ष अनिता भण्डारी लगायत अन्य पदाधिकारीको समेतको उपस्थितिमा सम्पन्न सभाले कोषाध्यक्षमा दिप नेम्वाङ्ग लाई चयन गर्दै निर्देशकहरुमा क्रमश सिता आचार्य, सुमन निरौला र सुजन बिष्टलाई चयन गरेको छ ।

 

यसै गरि भरतमणि न्यौपाने, सरोज आचार्य र अनिल कोइरालालाई सदस्यमा चयन गरिएको डिपिएल नेपालका उपाध्यक्ष कमल गैरेले जानकारी दिनुभयो ।

युवा वर्गमा पठन संस्कृतिको विकास गराउने उदेश्यले डीपीएलले देशका विभिन्न सहरमा नगर स्तरीय कमिटीहरु गठन गर्दै आएको छ ।

 

Share: