भक्का दिवसमा भक्काको मेला

आदिवासीको भक्का प्रवद्र्धन गर्दै दमक नगरपालिका

दमक, पुस २९
सधैं सडकको किनारामा धुलोमैलो अनि घामपानी खेप्दै भक्का बेच्दै आएकाहरु सोमबार झापाको दमक नगरपालिका कार्यालय परिसरमा रमाइलो गरी भक्का बनाएर बेच्नमा व्यस्त देखिए ।

 

पानीको बाफबाट पकाइने चामलको एक प्रकारको परिकार भक्का जो, विशेष गरी झापा, मोरङ र सुनसरीका आदिवासी समुदायको मौलिकतासँग जोडिएको छ । राजवंशी, धिमालसहितले आफ्‌नो प्रिय खाजाका रुपमा भक्का बनाएर खाने र बिक्री समेत गर्ने गरेको अवस्थामा दमक नगरपालिका कार्यालयले उनीहरुको व्यवसाय प्रवद्र्धनमा सघाउन कार्यक्रमकै आयोजना गर्‍यो ।

 

आठौं राष्ट्रिय भक्का दिवसका अवसरमा दमक नगर क्षेत्रभित्र भक्का निर्माण गर्नेहरुलाई नगरपालिका कार्यालय परिसरमा भेला पारेर भक्काको मेला नै लगायो र भक्कावालालाई सम्मान अनि व्यवसाय प्रवद्र्धनमा सघायो । अर्थात उनीहरुले त्यहाँ आएर भकाभक भक्का बनाए । कार्यक्रममा सहभागि तथा अतिथिहरुले पैसा तिरेर लाइनमा बसेर उसैगरी भकाभक किनेर खाए । अनि नगरपालिका कार्यालयले भक्कालाई अलि व्यवस्थित सञ्चालन गराउने मद्धतमा भक्का तातो राख्ने हडकेस, आरी, नाङ्लो र फोहोर हाल्ने डस्टविन प्रदान गर्यो ।

 

नगर प्रमुख रामकुमार थापाले नगरको प्रथम नागरिक धिमालसहित भक्काको मौलिकता जोगाउँदै आएका आदिवासीहरुको सम्मान र उनीहरुको व्यवसायिक प्रवद्र्धनमा सघाउन नगरपालिकाले पहिलो पटक भक्का दिवस मनाएको जनाउनु भयो ।

 

कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले यस सन्दर्भमा भन्नुभयो ‘सवै जातजातिको पहिचान, सवैमाथिको सम्मान, दमक नगरपालिकाको शान भन्ने उद्घोषमा महिला र स्वरोजगारमाथि सम्मानको उदेश्य राखेर आदिवासीहरुको सम्मानमा कार्यक्रमको जोड हो ।’ उहाँले भक्का आफैंमा स्वस्थकर मौलिक खाजा भएको भएपनि त्यसलाई पकाएर राख्ने तथा बिक्री गर्दा दिइने तरिकालाई पनि स्वस्थ्यकर बनाउनुपर्ने सुझाव समेत दिनुभयो ।

 

सो अवसरमा लामो समयदेखि चोक चोकमा भक्का व्यवसाय गर्दै आउनू भएकी कल्पना खवास, शान्ति कहार र ललिता राजवंशीलाई दोसल्ला र ऊनीको टोपीले सम्मान गरिएको छ । भक्काको मेला लगाएर यसखाले सामग्री समेत पाएर सम्मानित भएकोमा भक्का व्यवसायीहरु खुसी देखिएका थिए । ‘हामीले यसरी रमाइलोगरी भक्का दिवस मनाउन पायौं । सम्मान पनि पायौं र सामान पनि पायौं । अति खुसी लागेको छ । अरु वर्ष पनि यस्तो कार्यक्रम भइरहोस् ।’– क्याम्पस मोडमा विगत ३० वर्षदेखि भक्का व्यवसाय गर्दै आउनु भएकी ललिता राजवंशीले भन्नुभयो ।

 

दुईतिरबाट रमितलाग्दो गरी ६४ जना महिलाले भक्का निर्माण गरेका थिए । आफ्‌नो समुदायले यसखाले दिवस दमकमा मनाउन नसकेको अवस्थामा नगरपालिकाले गरेको कार्यक्रमबाट राजवंशी समाज विकास समिति अध्यक्ष भरुवा राजवंशीले खुसी व्यक्त गर्दै नगरपालिकालाई बधाई भन्नुभयो ।

 

थोरै पुँजीबाट सानो परिवार पाल्न सकिने भक्काको व्यवसायिकता सँगै मौलिकता जोगाउन नगरपालिकाले कार्यक्रम थालेको उल्लेख गर्दै धिमाल समुदायका अगुवा एवम् नगरपालिकाको विधायन समिति संयोजक लोकबहादुर धिमालले पछि परेका जातिको हितमा नगरले यसप्रकारको कार्यक्रम गर्दै लाने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८