इलाम, मोरङ र मकवानपुरका ७ विद्यालय छनोट

माघ १४ र १५ मा तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव

दमक, माघ १
दक्षिणी इलाममा रहेर रंगमञ्च गतिविधिमा सक्रिय चुलाचुली रंगमञ्चले विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिमा माघ १४ र १५ गते ‘तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना गर्ने भएको छ ।

 

चुलाचुली–३ स्थित शिव ओरक मिलन पोखरी पर्यटन क्षेत्रमा हुने महोत्सवका लागि मञ्च र दर्शक दीर्घा लगायतका संरचना निर्माणमा स्थानीय रंगकर्मीहरु जुटिरहेको संस्थाका निर्देशक चेतन आङथुपो ‘डर’ ले जनाउनु भयो । त्यहाँ निर्मित खुला रंगमञ्चमा बिहान १० देखि अपरा्‌हन ४ बजेसम्म नाटकहरु प्रदर्शन गरिने आङ्थुपोले बताउनु भयो । कार्यशाला पनि आयोजना हुनेछ ।

 

महोत्सवमा नेपालका सात वटा विद्यालयको प्रस्तुति छनोटमा परेको पनि उहाँले बताउनु भयो । चुलाचुली–२ को अमृत बोर्डिङ स्कुल, सोही स्थानको जनता मावि, चुलाचुली–४ को बालज्योति माध्यमिक विद्यालय, पञ्चबुद्ध एकेडेमी, मोरङ मिक्लाजुङस्थित मधुमल्लाको रिलायन्स बोर्डिङ स्कुल, सुन्दरहरैँचा विराटचोकको सुबिजुमुर मेमोरियल बोर्डिङ स्कुल र हेटौंडाको ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय महोत्सवका लागि छानिएका छन् ।

 

यसखाले पहिलो महोत्सवमा ६ वटा र दोस्रो महोत्सवमा १० वटा नाटक मञ्चन गरिएको थियो ।

 

२०६९ मा स्थापित चुलाचुली रंगमञ्चले नाटक महोत्सव, नाट्य कार्यशाला जस्ता गतिविधि गर्दै आएको छ । खासगरी विद्यार्थीलाई लक्षित गरी संस्थाले नाट्य कार्यशाला र महोत्सवहरू आयोजना गर्दै आएको छ । विद्यार्थीलाई किताबी ज्ञानका साथै सृजनात्मक गतिविधिमार्फत प्रतिभा बाहिर ल्याउने र असल नागरिक बनाउन यसखाले कार्यक्रम मद्धत पुग्ने आयोजकको अपेक्षा छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप