सुरुङ मार्गसँगैका पुलहरू तयार हुन थाले

द्रुतमार्गमा द्रुतगतिमा बनिरहेका पुलहरु

काठमाडौ, माघ ४
तराई/मधेश द्रुतमार्ग सडक खण्डमा ठूलठुला पुल तयार हुन थालेका छन्। लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्गसँगैका पुलहरू तयार हुन थालेका हुन्।

 

विभिन्न १३ वटा प्याकेज रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेजहरू अन्तर्गत रहेका ७ वटा सुरुङ मध्ये धेद्रे तथा लेनडाँडामा रहेका २ वटा सुरुङहरू छिचोलिई सकिएको छ।

 

महादेवटारस्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भइसकेको नेपाली सेनाले जानकारी दिएको छ। चन्द्रामभिरस्थित सुरुङको निर्माण कार्य सुरु भएको छ। अन्य ३ वटा सुरुङहरूको डिजाइन तथा पूर्व तयारीको कार्य भइरहेको सेनाको भनाई छ।

 

उक्त आयोजनामा निर्माण गर्नु पर्ने ८९ वटा पुलहरू मध्ये ८० वटा पुलहरूको निर्माण कार्य भइरहेको छ। बाँकी ५ वटा पुलको निर्माण कार्य सम्पन्न भई सकेको छ।

 

द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ३७.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको सेनाको दाबी छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा