दमक, माघ ४
दमक नगरपालिका वडा नं ९ रहेका विपन्न परिवारलाई सिरक वितरण गरिएको छ ।
वडा कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अनुसार विपन्न लक्षित कार्यक्रमबाट यहाँ रहेका १ सय परिवारलाई सिरक वितरण गरिएको वडाध्यक्ष कुबेर भट्टराईले जानकारी दिनुभयो ।
‘चिसो बढिरहेको र चिसामा खासगरी विपन्न परिवारहरुमा न्यानो कपडा तथा रातमा सुत्दा प्रयोग गर्ने साधन समेतको अभाव हुने कुराको मद्यनजर गर्दै प्रति परिवार एक–एक फाइबर सिरक वितरण गरिएको हो । ’
यी सिरकको बजार मूल्य प्रति गोटा २ हजार रुपैँया भएपनि स्थनीय उद्योगबाटै सोझै खरिद गरेर ल्याइएको र उद्योगलाई समेत सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गर्दै एक हजार रुपैँया प्रतिगोटामा खरिद गरेर ल्याइ वितरण गरिएको वडाले जनाएको छ ।
टोल विकास सस्थाको सिफारिसका आधारमा पठाइएका १ सय जना विपन्न्लाई वितरण गरिएको वडाध्यक्ष भट्टराईले बताउनु भयो ।