सुनसरी काठमाडौँ सम्पर्क मञ्चको पब्जी प्रतियोगिता, युवा आकर्षण गराउने अभियान

काठमाडौ , माघ ६

राजनीतिक पार्टीले पनि अब पब्जी जस्ता अनलाइन गेमहरू खेलाउँदै युवाहरूलाई आकर्षित गर्न थालेका छन् ।

नेकपा एमालेको सुनसरी काठमाडौ सम्पर्क मञ्च, च्यासलले शनिवारका एकदिन बृहत् कार्यक्रमसहित अनलाइन खेल पबजी च्याम्पियनशिप २०८१ सम्पन्न गरेको छ ।
जम्मा सातवटा टिम प्रतियोगिताम सहभागी भएका थिए । जसमा टिम रोहित प्रथम, टिम हातमा लड्डु द्वितीय बन्नु भएको थियोे भने मोस्ट किलर रोहित श्रेष्ठलाई घोषणा गरिएको थियो ।

प्रथम तथा द्वितीय भएका टिमलाई क्रमशः रु ५०० हजार र ३०० नगदले पुरष्कृत गरिएको मन्चका सचिव एसआर शर्मालेजानकारी दिनु भयो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा पार्टीका केन्द्रीय कमिटी सदस्य नरेन्द्र श्रेष्ठ, सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेतलगायत विभिन्न कमिटी, विभाग, प्रदेश र जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

पब्जी प्रतियोगिताका साथमा सामाजिक सञ्जाल र ए आईले पारेको सामाजिक प्रभाव र चुनौती विषयक अभिमुखीकरण तथा विद्यार्थीसम्मानको पनि कार्यक्रमको आयोजना गरिएको थियो ।

विजेतालाई बधाई दिँदै प्रमुख अतिथि क.लालबाबु पण्डितले अब हरेक पार्टीले युवालाई देशमा सुनौलो भविष्य देखाइराख्नका लागि उनीहरूका इच्छा, र रुचिलाई ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो ।

सुनसरी काठमाडौँ सम्पर्क मञ्चले अन्य मञ्चभन्दा फरक युवामैत्री कार्यक्रमको आयोजना गरेकामा उहाले प्रशंसा समेत गर्नु भएको थियो ।

त्यसैगरी मञ्चका अध्यक्ष रमेश विष्टले अबका हरेक कार्यक्रमहरु युवा, महिला र उद्यमशीलतामा केन्द्रित भई गरिने प्रतिबद्धता गर्नु भएको थियो ।

 

कार्यक्रमको जानकारी दिँदै मञ्चका सचिव एसआर शर्मा नेपालले अबका मञ्चलाई आइटीसँग जोडी पेपरलेस मेकानिज्ममार्फत् हरेक राजनीतिक जमात्, शुभेच्छुक र युवा पुस्तालाई राष्ट्रमा आशाको दीयो देखाउने कार्यक्रम गर्ने संयन्त्रका रूपमा विकास गर्दै लैजाने पनि उल्लेख गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद

युरोपमा प्रचण्ड गर्मीको कहर, ३५ हजारभन्दा बढीको मृत्यु

पेरिस, १३ भदौं । ‘द गार्जियन’ पत्रिकाका अनुसार यस वर्ष युरोपमा चलेको भीषण गर्मीको लहरका कारण कम्तीमा ३५ हजारको मृत्यु भएको छ।मृत्युको अन्तिम संख्या अझ

विपत्तिमा सिलिन्डर बटुल्नेलाई मात्र प्रश्न कि समाजलाई पनि र ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनस्र्थापनामा केन्द्रित छ । राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि

आज देशभर गाईजात्रा पर्व मनाइँदै

काठमाडौं , भदौ १३ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१